मुक्तिनाथ बैंकका ग्राहकहरुलाई “सुमेरु अस्पताल”मा विशेष छुट

२०८० आश्विन १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुले “सुमेरु अस्पताल”मा विशेष छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंक लि।ले आफ्नो ग्राहकहरुलाई थप सेवादिन ललितपुरको धापाखेलमा रहेको “सुमेरु अस्पताल”सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्मछुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय