हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

२०८० आश्विन २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।

मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।

महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना ९६२ दशमलव आठ प्रतिशत० सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना ९शुन्य दशमलव ३ प्रतिशत० छन् ।

त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना ९एक दशमलव छ०, बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना ९१२ दशमलव आठ प्रतिशत०, गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना ९१७ दशमलव नौ प्रतिशत०, लुम्बिनी प्रदेशमा छ सय ५५ जना ९१ दशमलव सात प्रतिशत० र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना ९दुई दशमलव आठ प्रतिशत० सङ्क्रमण देखिएको छ ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना ९४२ दशमलव तीन प्रतिशत० सङ्क्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना ९१२ दशमलव दुई प्रतिशत०, झापामा तीन हजार पाँच सय ८१ जना ९नौ दशमलव ४ प्रतिशत०, धादिङमा तीन हजार एक सय ३० जना ९आठ दशमलव दुई प्रतिशत०, मोरङमा दुई हजार दुई सय ७४ जना ९छ प्रतिशत०, कास्की जिल्लामा एक हजार चार सय ८१ जना ९तीन दशमलव नौ प्रतिशत०, र काठमाडौँमा आठ सय दुई जना ९दुई दशमलव एक प्रतिशत० सङ्क्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना ९१५ दशमलव नौ प्रतिशत० डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

कुल डेङ्गु सङ्क्रमित सङ्ख्यामा अगष्टमा मात्र सङ्क्रमित सङ्ख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना सङ्क्रमित भएका छन् ।

गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेङ्गु सङ्क्रमण देखिएको थियो । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।

महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फूल नष्ट गरौँ लगायतका डेङ्गु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय