इजरायलबाट २५० नेपाली आज काठमाडौं आइपुग्ने

२०८० आश्विन २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२५ असोज। युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ ।

परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजेर १० मिनेटमा नेपाल वायुसेवा निगमको विमान इजरायल अवतरण गर्नेछ ।

त्यसपछि नेपाल फर्किने नागरिकलाई दुई घण्टाभित्र विमानमा राख्ने र त्यहाँको समयअनुसार १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको जोशीले जानकारी दिए ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय