चापाकोटमा रहस्यमय घटना : बुढीमाथी बन्चरो प्रहार,बुढा झुन्डिएको अवस्थामा फेला

२०८० कार्तिक १४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज सुवेदी
स्याङ्जा,१४ कार्तिक । चापाकोट नगरपालिकामा एक परिवारको रहस्यमय मृत्यु भएको पाइएको छ । एउटै घर परिवारका बुढी बन्चरो प्रहारमा परी मृत अवस्थामा फेला परेको पाइएको छ भने श्रीमान घर अगाडिको रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान श्रीमान श्रीमती नै मृत अवस्थामा फेला परेपछि प्रहरीको टोलि घटना स्थलमा पुगेको थियो । चापाकोट नगरपालिका ७ खासा बस्ने अन्दाजी ४५ वर्षीय पार्वती विक आफ्नै घरमा घाटिमा बन्चरो प्रहार भएको अवस्था र उनका श्रीमान ४९ बर्षिय देब बहादुर बिक आफ्नै घर अगाडि राङ्सिङको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तीन छोरा र तीन छोरीका आमा बुवाको यो मृत्युलाई रहस्यमय ढंगले हेरिएको छ । छ सन्तान भएपनि घरमा भने कान्छी छोरी मात्रै रहेको प्रहरीले जनाएको छ । कान्छी छोरी सुत्ने कोठा र बुबा आमा सुत्ने कोठा फरकफरक भएको हुँदा घटना राती कति बजे घट्यो भन्ने समेत जानकारी नभएको छोरीको भनाइ छ । छोरीले बिहान बुबा आमाको त्यस्तो घटना थाहा पाएपछि छोरिलेनै प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

पार्वती विकको गरगहना समेत केही नभएको हुँदा घटना के कारण ले घट्यो भन्ने बुझ्न सकिएको छैन । घटनाको कारण श्रीमान श्रीमतीको झगडा हुनसक्ने प्रारम्भिक आशंका गरिएपनी झगडा भएको अहिलेसम्म केही तथ्य फेला पर्न सकेको छैन । घटनाको अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय