काठका औजार बनाउन पोख्त “प्रेम दाइ”

२०८० कार्तिक १४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

करिना राना
स्याङ्जा,१४ कार्तिक । गाउँमा नाम जत्तिकै प्रेम कमाएका छन् “प्रेम दाई” । कामकै कारण उहाँले पाएको प्रेम निकै लोभलाग्दो छ । गाउँमा चाहिने अनुसारको काठको औजार बनाउदा सबैका “प्रेम दाइ” बनेका छन् ६६ बर्षिया प्रेम सिंह राना ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ रिप घर भएका प्रेम दाईको काठको मात्रै होइन । गाउँमा हुने हरेक आवश्यकताका परिपुरक बन्ने “प्रेम दाइ” लाई स्थानीयले पनि उत्तिकै माया,प्रेम र स्नेह दिएको पाइन्छ ।

बजारमा कृषिका आधुनिक औजार प्रशस्त पाइन्छ तर पनि गाउँले “प्रेम दाइ” कै पुराना औजार कुरेर बस्छन् । मल बोक्ने बेलामा डोका होस्,अथवा तोरि अमिलो पेल्ने बेलामा कोल नै किन नहोस् । कृषिका हरेक क्षणमा सम्झी रहने नाम बनेको छ “प्रेम दाई” ।

गाउँमा यतिबेला अमिलो पेलेर चुक बनाउने सिजन चलेको छ । यहीँ सिजनलाई ख्याल गर्दै “प्रेम दाई” ले अमिलो पेल्ने कोल तयार पारीसक्नु भएको छ । “प्रेम दाइ” को कोलको पर्खाइमा बसेका कृषक भने यतिबेला हर्षित भएका छन् । “प्रेम दाइ” ले निर्माण गरेको कोल पछि अब यस क्षेत्रमा अबका केहि समयसम्म अमिलो पेल्ने प्रक्रिया चल्नेछ ।

काठका कृषि औजार बनाउने कलाकै कारण कृषकको सारथी बनेका “प्रेम दाइ” को पेशालाई थप व्यवसायी मुखी बनाउन ध्यान दिने हो भने गाउँमा पुर्खौली सीप सिकेका कयौं “प्रेम दाइ” हरुले गाउँ र देश छोड्न बाध्य हुने स्थिति सिर्जना हुने थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार