जाजरकोट भूकम्प : जाजरकोट जिल्लामा २१ जनाको मृत्यु

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १८ कात्तिक । भूकम्पमा परी जाजरकोट जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे गाउँपालिका वडा नम्बर ७ मा १ सयभन्दा बढी घर भत्किएको र ८ जनाको मृत्यु भएको बताए । कुशे गाउँपालिका भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकाको रामीडाँडासँगै जोडिएको स्थान हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय