स्याङ्जा,४ मंसिर । कलाकार,मोडल तथा पत्रकार प्रकाश ढकालको रहस्यमय मृत्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका ७ वडा भैइ काठमाडौ बस्दै आएका ढकाल शुक्रबार देखि सम्पर्क बिहिन थिए ।
शुक्रबार देखि सम्पर्क बिहिन बनेका ढकाल आइतबार धादिङ जिल्लाको रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्ण भिर मुनि मृत अवस्थामा फेला परेका हुन् ।
उनका आफन्तका अनुसार उनीवालिङ्को इलाका प्रशासन कार्यालयमा केही काम सकेर शुक्रबार राती काठमाडौ फर्किदै थिए । बसमा काठमाडौ फर्किएका ढकाल उक्त स्थानमा कसरी मृत अवस्थामा भेटिए यसको अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । समाचार तयार पार्दा सम्म त्यहाँ कसरी पुगे भन्ने बारे जानकारी प्राप्त हुन सकेको छैन । सार्वजनिक बसमा काठमाडौ जाँदै गरेको घर परिवारले जानकारी पाए पनि कुन बसमा काठमाडौ जाँदै थिए भन्ने बारे याकिन हुन सकेको छैन ।
सोही दिन राती करिब १ बजेको समय तिर ढकालले केही आफ्ना साथीभाइ सम्पर्क गरेको पाइएको छ । आधा रातमा करिब ७/८ जनालाई फोन गर्दा यात्राको क्रममा केही रहस्यमय घटना हुनसक्ने नेपाली काङ्ग्रेस चापाकोट काठमाडौ सम्पर्क समितीका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । घटना स्थल पुग्नु भएका भट्टराईले भन्नुभयो ढकालले आधा रातमा कल गरेर गुहार मागेको हुनुपर्छ । तर त्यस समय कुनै साथीभाईको पनि फोन उठेको पाइदैन ।
ढकालको यो घटना रहस्यमय देखिएको छ ।ढकालको घटनाको सत्यतथ्य छानबिन होस् ।