कालीगण्डकी नदीमा एक पुरुष मृत अवस्थामा फेला

२०८० मंसिर ७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, ७ मङ्सिर । कालीगण्डकी नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेमा रिब्दीकोट गाउँपालिका ३ मालमुल बस्ने ६७ बस्ने होम बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो तानसेन नगरपालिका १४ दुमैस्थित कालीगण्डकी नदीमा खत्री मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय