खगेन्द्र सर स्मृतिग्रन्थ विमोचन 

२०८१ आश्विन ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 

कृष्णप्रसाद ढकाल
काठमाडौ, ५ असोज । खगेन्द्र विष्णु फाउण्डेसनको प्रथम पुण्य स्मृतिका शब्दपुष्पमा शुक्रबार होटल क्रिष्टल गौशालाको छैटौं तलामा रहेको विशाल सभाहलमा खगेन्द्र सर स्मृतिग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

न्यायपरिषद सदस्य माननीय रामप्रसाद श्रोष्टको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त “खगेन्द्र विष्णु फाउण्डेसनको प्रथम पुण्य स्मृति पुस्तक लोकार्पण, खगेन्द्रसरको जीवनी विवेचना तथा फाउण्डेसनका महत्वपूर्ण व्यक्तित्वहरुलाई, बधाई, शुभकामनाका मन्तव्य सहित रुद्राक्षका सुन्दर मालाहरु अर्पण गरी सम्मान गरिएको हो ।

लेखक एवम् विश्लेषक तथा खगेन्द्र विष्णु फाउण्डेसनका सस्ंथापक केशव दाहाल द्धारा संचालित कार्यक्रमको स्वागत मन्तव्य फाउण्डेसनका सस्ंथापक निक्सन ढकालबाट भएको थियो भने, “खगेन्द्र विष्णु फाउण्डेसनको प्रथम पुण्य स्मृति”का प्रमुख सस्ंथापक एवम् सस्ंथापक अध्यक्ष विष्णुदेवी ढकालले अध्यक्षता गर्नुभएको थियो ।
उक्त सम्मान एवम् विमोचन कार्यक्रमका प्रमुख अतिथि न्यायपरिषद सदस्य माननीय रामप्रसाद श्रोष्ठले आपूm पनि विगतमा लामो समय शिक्षण पेशामा रहेको भएपनि रमेश सर माथि गाउँसमाजले र धेरै महत्वपूर्ण व्यक्तित्वहरुबाट व्यापक सम्मान र प्रशंसा भएको देख्दा मैले धेरै काम गरेको छु भन्ने मनमा लागेको भएपनि अशल कार्य अझ धेरै गर्न बाँकी रहेछ भन्ने महशुस भएको छ । वास्तवमा रमेश सरले शिक्षा क्षेत्रमा र समाज हीतका कार्यका अत्यन्त धेरै कार्यहरु गर्नुभएको देख्दा म वाँहालाई सम्मान गर्छु भन्ने बिचार व्यक्त गर्नुभएको थियो ।

त्यसरी नै खगेन्द्र विष्णु फाउण्डेसनका सस्ंथापक सदस्य एवम् पूर्व सूचना तथा संचार मन्त्री टंक ढकालले खगेन्द्रसरको व्यक्तिगत परिचय बारेमा विश्लेषण गर्दै बहुप्रतिभाका धनि वाँहा २००४ साल आश्विन ४ गते शनिबार भोजपुरको याकुमा जन्मनु भएको मेरो ठाईंलो दाजु हो, म वाँहाको कान्छो भाई । गाउँमै साधारण अध्ययनको थालनी गरी धरान हुँदै काठमाण्डु आएर एम.ए. र बी.एल. अध्ययन सकेर अध्यापनको शिलशिलामा काभ्रेपलाञ्चोकको डेडीथुम्का विद्यालय हुँदै तात्कालीन प्रधानपञ्च लल्लुकुमार शाहीको आग्रहमा काभ्रेको मण्डनभूमी पुग्नुभयो । केही समयपछि नै अचानक स्थानीय चाखोलाको बीसमुरे दहमा डुबेर २०२९बैसाख ३१ गते शनिबार यस धराधामबाट अस्ताउनु भयो । वाँहाको ज्ञानको लगाव, उच्च नैतिक, बल र जीवन प्रतिको दृष्टि बुझ्न याँहा ६० भन्दा बढी लेखहरु संग्रह गरी खगेन्द्रसर स्मृतिग्रन्थ लोकार्पण गरिएको बताउनु भएको हो । पुस्तक बारेमा विश्लेषण र चर्चा वरिष्ट पत्रकार तीर्थ कोइरालाले गर्नुभएको थियो ।

त्यसरि नै महादेवस्थान काभ्रेका पूर्व गाविस अध्यक्ष एकराज कुमार शाहीले पनि आफ्नो बिचार राख्नु भएको थियो । मञ्चमा आसिन अतिथिहरुमा पूर्वसचिव एवम् प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरे, पूर्व न्यायाधीश नन्दराज अधिकारी, ट्रेडटावर गौशाला तथा क्रिष्टल पशुपति होटलका अध्यक्ष शिवहरी दंगाल, समाजसेवी भीमप्रसाद अधिकारी, ईतिहासविद एवम् संचारकर्मी कृष्णप्रसाद ढकाल, टेकेन्द्र ढकाल लगायत सभाहलमा खचाखच लगभग १५० भन्दा बढी उपस्थित सहभागीहरुलाई “खगेन्द्र विष्णु फाउण्डेसनका सस्ंथापक सदस्य एवम् खगेन्द्रसरका छोरा लगनशील, बहुप्रतिभाका धनी नवराज ढकालबाट उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय