करादिमा माेटरसाइकल र कार दुर्घटना,माेरटसाइकलमा आगलागी

२०८० मंसिर ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा ,९ मंसिर । सिदार्थ राजमार्ग अन्तर्गत स्याङजाको करादि खोलामा मोटरसाईकल र भारतीय कार एक आपसमा ठोकिदा दुईजना घाईते भएका छन ।

बुटवलबाट पोखरा जाँदै गरेको UP45V4601 नम्वरको कार र वालिङ वाट गल्याङ आउदै गरेको ग.११ प ६७११ नम्वरको बाईक एकआपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयाे । ठोकिएसंगै बाईक पुण रुपमा जलेको छ भने भारतिय कारको अगाडिको भाग तथा सिसामा पुण रुपमा क्षति भएको छ ।

बाईकमा सवार  गल्याङ न.पा. -०८ बस्ने ३० बर्षका कुल वहादुर राना र मोटरसाईकलको पछाडी सवारगल्याङ न.पा. -०८ बस्ने २३ बर्षका सुरज राना घाईते भएका छन ।

कुल वहादुर राना, दुबै हात खुट्टा र अनुहारमा चोट लागेकाे र अवस्था मध्यम छ भने सुरज राना,दुबै हात खुट्टा र अनुहारमा चोट लागेकाे र अवस्था मध्यम रहेको छ ।

घाईतेको उपचारका लागि गह्रौ प्राथमिक स्वास्थ्य केन्द वालिङमा उपचार पश्चात ४;२५ बजे थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । कारमा ५ जना भारतीय नागरिक सवार रहेको धिए ।

भारतिय कार चालक लाई भने प्रहरिले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय