हाम्रो अभियानले देशको बिकास गर्छ : प्रसाईं (भिडियाे सहित)

२०८० मंसिर ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ मङ्सिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफुहरुको अभियानले देशको बिकास गर्ने दावी गर्नुभएको छ ।

शनिबार काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईँले अहिलेका दलहरुबाट देशको बिकास नहुने भन्दै जनतालाई अघि सारेर देशको बिकास गर्ने दावी गर्नुभएको हो । सबै नेपालीहरु राष्ट्रवादी बन्न आवस्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उहाको भनाइ छ । प्रसाईँले बिभिन्न कारणले जनताहरुले देहत्याग गर्नुपरे पनि राज्यले केहि गर्न नसकेको बताउनुभयो । १०० औं बर्ष आन्दोलनमा बेतित गर्नुपर्दा देशमा बिकास हुन नसकेको उहाले तर्क गर्नुभयो । उहाले भ्रष्टाचार, तस्कर बिरुद्ध लड्न आह्वान समेत गर्नुभयो ।

प्रसाईँले शान्तिपूर्ण रुपमा आफुहरुकोे अभियान चल्ने र कसैले रोक्न नसक्ने बताउनुभयो । उहाले आफुहरुलाई काठमाडौमा निषेध गर्नेहरुलाई अव आफ्नो अभियानले निषेध गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय