उदयपुरमा स्कुल बस दुर्घटना,तीनको मृत्यु

२०८० मंसिर ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उदयपुर,९ मङ्सिर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार उदयपुर जिल्लाको उदयपुरगढी गाउपालिका ७ मा पिकनिक खाएर घर फर्कदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र.०५.००१ ख ००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा त्रियुगा नगरपालिका ५ का बस चालक ४० बर्षिय भिखन चौधरी, त्रियुगा नगरपालिका ६ का ७ बर्षिया सम्या चौधरी र सोही ठाउका ६ बर्षिय बिकाश चौधरीको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरि कार्यालय उदयपुरका डिएसपि हरिनन्दन चौधरीले जानकारी दिनुभयो । स्कुल बस चालकले गाँउको पिकनिकका लागि भाडामा लगेको खुलेको छ । घटना लगत्तै डिएसपि चौधरिको नेतृत्वको टोलिले स्थानियको सहयोगमा घाइतेको उद्दार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय