वालिङमा मन्दिरको छतबाट खस्दा २ बर्षीय बालक घाइते

२०८० मंसिर ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,११ मङ्सिर । वालिङ नगरपालिका वडा नं ८ बगालेटोलमा रहेको लक्ष्मी नारायण मन्दिरकाे छतबाट खस्दा गल्याङ नगरपालिका वडा नं २ का हरी अर्यालको २ बर्ष ६ महिनाको छोरा सार्थक अर्याल गम्भिर घाइते हुनुभएको छ ।

गल्याङ घर भई हाल वालिङ नगरपालिका वडा नं ८ बगालेटोल स्थित लक्ष्मी नारायण मन्दिर समितिको घरमा डेरा गरी बस्ने हरी अर्यालको २ बर्ष ६ महिनाको छोरा सार्थक अर्याल सोही मन्दिरको एक तला माथि छतबाट खेल्ने क्रममा बिहान ११:३० भुईमा खसी गम्भिर घाइते जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय