स्याङ्जाबाट लागुऔषध मुद्धामा संलग्न ,चार वर्षदेखि फरार व्यक्ति पक्राउ

२०८० मंसिर १२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १२ मङ्सिर ।  लागुऔषध हिरोइन मुद्धामा संलग्न रही चार वर्षदेखि फरार व्यक्तिलाई अाज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका २ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा स्याङ्जा जिल्ला अदालतले २०७६ असार १ गतेको फैसला अनुसार थापालाई ५ वर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो ।

प्रहरीले गोप्य सुचनाको आधारमा लुकिछिपि बसेको अवस्थामा फेदिखोलाबाट मङ्गलबार पक्राउ गरेको हो ।

थापालाई स्याङ्जा जिल्ला अदालतमा पेश गरी निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय