मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने : अध्यक्ष ओली

२०८० मंसिर १६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताउनुभएको छ ।

महाकाली—मेची अभिायानअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको बिकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताउनुभएको हो ।

गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र अराजकता फैलिएको र ओरालो लागेको उहाले बताउनुभयो । उहाले सरकारको ध्यान देश बिकासमा नभई तस्करी भ्रष्टाचारमा केन्द्रीत रहेको आरोप लगाउनुभयो । ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली—मेची अभियान गरिएको जिकिर गर्नुभयो ।

उहाले एमालेका हरेक नेता तथा कार्यकर्ताहरु आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार