ट्राफिक प्रहरीमा कृतिमानी बनेका मिथलेश कुमार यादब,आठ बर्षमा बल्ल कारबाही,अन्य ट्राफिक प्रहरी किन डराए ?

२०८० मंसिर १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई
स्याङ्जा,१८ मंसिर । ट्राफिक प्रहरी भन्न साथ धेरैको दिमागमा क्लिक हुने गर्दछ गाडीको चेकजाँच, त्यसको अर्को पनि सङसङै आउछ पैसा दिएपछि हुन्छ । पैसाको आडमा यातायात क्षेत्रमा बदमासी मौलाएको अवस्थामा यहीँ ट्राफिक प्रहरी भित्र यस्ता पनि प्रहरी पनि छन् जसले अरु ट्राफिकले नदेखे झै गरेको कुरा खोजीखोजी निकाल्ने गर्छन् ।

जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले प्रवीण आचार्य प्रमुख पाएपछि आचार्यको अभियानका सारथी बनेका छन् मिथलेश कुमार यादब । मिथलेश गल्याङ आएको ११ महिना पुगेको छ । यो बिचमा उनिबाट ट्राफिक क्षेत्रका थुप्रै काम भएका छन् । अचम्मको कुरा के भने मिथलेश आउनभन्दा पहिलेका ट्राफिक प्रहरीले नदेखेको ८ बर्ष देखि नवीकरण नभएका गाडीलाई करको दायरामा ल्याउ सफल भएका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका बजारदेखि भित्री सडक खण्डमा चल्ने गाडीहरुमा मिथलेशको ध्यान पुगेपछि यतिबेला भित्री सडकका गाडीहरुलाई कागजपत्र नवीकरण भ्याइनभ्याई भएको छ । यो भन्दा अगाडि गल्याङमा ट्राफिक प्रहरी नभएका भने होइन तर यस अघिका ट्राफिक प्रहरीले नदेखेका घटना मिथलेशले खोजीखोजी निकालेका छन् ।

गाडी ट्राफिक प्रहरीले कारबाही गर्न साथ माथिको फोन आउने परिपाटीले गाजेको देशमा नमुनाका ट्राफिक प्रहरीको पहिचान बन्दै गएका मिथलेशलाई जिल्ला ट्राफिक कार्यालयका प्रमुख समेतको साथ मिलेको हुँदा काम गर्ने थप हौसला मिलेको पाइन्छ ।

२०७९ साल पुष २५ गते ट्राफिक कार्यालय गल्याङमा काम गर्न थालेका यादवले २०७३ साल देखि नवीकरण नभएको लु १ ज १९४० नम्बरको महेन्द्र जिप बाट १ लाख ४३ हजार ८ सय ७० रुपैया त यातायात कार्यालयमा राजस्व मात्रै तिर्नुपरेको छ भने अन्य नवीकरण गरि करिब २ लाखको हाराहारीमा राज्यलाई राजस्व तिराउन सफल भएका छन् । त्यतिमात्र होईन २०७५ साल,२०७७ साल देखि नवीकरण नभएका करिब २०/२५ सवारीसाधनलाई नवीकरणको दायरामा ल्याएका छन् ।

अन्य ट्राफिकले जस्तै यादवले पनि गोजि तातो बनाएर बिना नवीकरण चलेका गाडी यसै छाडिदिएको भए सायद यी सवारीसाधन न त नवीकरण हुनेथिए न त राज्यलाई राजस्व नै प्राप्त हुनेथियो,त्यतिमात्र होइन कुनै दुर्घटना भैइहाले क्षतिपूर्ति समेत पाउने अवस्था हुँदैन थियो ।

केही पैसा दिएको आडमा जे पनि गर्न सकिन्छ भन्ने यातायात क्षेत्रको भ्रम तोड्न सफल भएका यादव जस्तै अन्य ट्राफिकले पनि काम गर्ने हो भने पक्कै पनि यातायात क्षेत्रमा भएको दुर्घटनालाई केही न्यूनीकरण गर्न अवश्य सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार