मेलम्चीको पानीमा चलखेल बन्द गर्न माग गर्दै प्रदर्शन (फोटो साहित)

२०८० पुष २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ,२ पुस । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौँको कोटेश्वरमा भेला भएर स्थानीयले खाली भाडासहित प्रदर्शन गरेका हुन् । मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण गर्न माग गर्दै प्रदर्शन गरेको प्रदेश सांसद समेत रहेका सुनिल केसीले जानकारी दिए ।

प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । कोटेश्वर चोकबाट र्‍यालीसहित प्रदर्शनकारीहरू तीनकुनेतर्फ अघि बढेका छन् । उपत्यका खानेपानी सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन गरेको सांसद केसीको भनाइ छ । गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय