आज राति उल्का वर्षा हुँदै

२०८० पुष १९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१९ पुस। आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो ।

उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ ।

भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भए पनि नेपाली समयअनुसार राति ११ : ३० बजेदेखि भोलि शुक्रबार बिहान सुर्योदय अगाडि हेर्न सकिनेछ ।

उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने नासोले बताएको छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय