काठमाडौँ, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
गठवन्धनका तर्फवाट नेपाली कांग्रेसका रुकुमपश्चिमका कृष्ण वहादुर रोकायाले अन्य क्लष्टर ,नेकपा समाजवादिवाट महिला क्लस्टरमा दैलेखकी सावित्री मल्ल र नेकपा माओवादीका तर्फवाट दलित क्लष्टरमा कालिकोटका विष्णु विकले प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिनुभयो । त्यस्तै नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । जसअन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन् ।
कर्णालीमा दलित, महिला र अन्य गरेर तीन सिटमा निर्वाचन हुँदैछ । कर्णालीमा जम्मा १९६ मतदाता रहेका छन् जसमध्ये स्थानिय तहमा १५८ र प्रदेशसभातर्फ ४० मतदाता रहेका छन् ।