देशमै केही गर्छु भन्ने साहस त्यो दिन देखी जाग्यो

२०८० पुष २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

अहिले शहर देखि गाउँसम्म जतासुकै सुन्न सकिने वाक्य हो “यो देश डुब्यो देशमा केही छैन” भर्खरै १७ बर्ष पुरा गरेर कक्षा ११ पढ्दै भबिस्यको बारेमा पनि यसो सोच्न सक्ने भएकी मलाई पनि यो वाक्यले बेला बेलामा निकै झड्का दिने गर्थ्यो । झड्का नदिउस पनि कसरी आफुले जाने र चिनेका सबैले युरोप ताकीसके, लाग्थ्यो युरोप नताक्ने यो देशमा म मात्रै छु । मेरा यी र यस्तै बुझाइ गलत रहेछन् अथवा जसरी प्रचारप्रसार गरिएको छ त्यसो रहेनछ भन्नेमा भने प्रष्ट हुन मलाई त्यहीँ दिन कुर्नु पर्यो । जुन दिन मेरो जिन्दगीको पहिलो अनुभव थियो ।

”ग्रामीण क्षेत्रमा पत्रकारिताको विकास” भन्ने नारा सहित एक बर्षे कार्यक्रम अन्तर्गत आधारभूत पत्रकारिता तालिम मार्फत सचेत नागरिक बनाउने अभियानमा हेर्नेकुरा डटकमले चालेको कदम मेरो जिन्दगीमा फरक अनुभव र सिकाइको पाटो बन्यो । पत्रकारिता मार्फत समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ, पत्रकार भनेको के हो भन्ने लगायतका जिज्ञासा पुरा गर्ने मेरो जिबनको पहिलो अनुभव बन्यो पौष २१ र २२ ।

यस दुई दिने आधारभूत पत्रकारिता तालिम लिइसके पछि मेरो सोचाइमा परिवर्तन भएको छ । मेरो मनमा रहेकोे डर र सङ्कोच पनि हटेको छ । पत्रकारीता क्षेत्रबाट नै एक उदाहरणीय सफल पत्रकार बन्छु भन्ने धारणा मेरो मन मा उब्जाएको छ । देशको माटो छोडेर परदेशको लामो यात्राको बाटो रोज्न बाध्य हाम्रा नेपाली नागरिकलाई मिहिनेत गरे आफ्नै देशको माटोमा सुन फल्छ भन्ने कुराको अनुभव दिलाउन मलाई प्रेरणा मिलेको छ । यहीँ उदेश्यले म पत्रकारीता क्षेत्रमा शरीक हुने प्रण त्यहीँ दिन देखी गरेकी छु त्यो तालिम मेरा लागि निकै नै फलदायी बन्यो । अब म समाजमा रहेका विकृति र विसङगतिका विरुद्धमा बोल्न सक्छु ,आवाजविहिन व्यक्तिहरुको आवाज बन्न सक्छु भन्ने साहस बढेको छ ।

गार्मीण क्षेत्रको पत्रकारिताको विकासका लागि एक वर्षे कार्यक्रम अन्तर्गत आधारभूत पत्रकारिता तालिम हेर्ने कुरा डटकमको आयोजना,नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखा र स्याङ्जा पत्रकार समाज नेपालको समन्वयमा सञ्चालित दुई दिने तालिम पत्रकारिता सम्बन्धी मेरो जीवनको पहिलो तालिम हो ।

तालिम लिनु अघि मलाई पत्रकार के हो ? समाचार कसरी लेखीन्छ ? भन्ने कुराको केही जानकारी थिएन। यस तालिम लिनु अघि समाचार पढ्न सुन्न हेर्न खासै रुचि नराख्ने मान्छे म समाचार त मानिसको तेस्रो आँखा रहेछ भन्ने कुराको जानकारी मैले तालिम लिएर थाहा पाए ।

हामीलाई आधारभुत पत्रकारिता तालिममा प्रशिक्षण गर्नका लागि कान्तिपुर मिडिया ग्रुप पाल्पा जिल्ला सम्बादाता सम्पादक माधव अर्याल सर आउनु भएको थियो।

पत्रकारिता तालिममा सहभागी हुनुभन्दा पहिले मैले समाचार सुन्थे तर त्यो समाचार कसरी लेखिन्छ वा त्यो समाचार कहाँबाट कसरी आउछ भन्ने बारे मलाई जानकारी थिएन तालिममा सहभागी भइसकेपछि मलाई समाचार कसरी लेखिन्छ ,समाचार बनाउनका लागि के को आवश्यकता हुन्छ भन्ने कुरा थाहा भयो पहिले त समाचार वा सूचनाको सङ्कलन गर्नुपर्दो रहेछ भन्ने थाहा भयो। समाचार लेख्दा ६ क (के,कहाँ ,किन ,कहिले ,को, कसरी) भन्ने कुरालाई समेटेर उल्टो पिरामिडको प्रयोग गरेर समाचार लेख्नु पर्ने रहेछ भन्ने कुराको जानकारी पाए। समाचार लेख्दा के कस्ता कुरालाई समेटिदो रहेछ भन्ने कुराको थाहा भयो।

प्रशिक्षणको क्रममा हामीसँग गल्याङ् प्रहरी चौकीका कार्यालय प्रमुख यामनाथ बगाले सर जोडिनु भएको थियो । उहाँले हामीलाई बढ्दो साइबर क्राइम ,बोक्सीको आरोप,जातीय भेदभाव, बाल विवाह, बहु विवाह, गाजा तथा लागू औषध सेवन जस्ता कुरामा हुने सजाय र जरिवानाको बारेमा जानकारी दिनु भयो । यस भन्दा पहिले यसको बारेमा कुनै जानकारी थिएन । तालिममा सहभागी भएपछि थाहा भयो।

तालिम लिँदै गर्दा मैले पत्रकार भनेको के हो ,पत्रकारमा हुनुपर्ने गुण र पत्रकार भइसकेपछि विभिन्न विषयमा ज्ञान भएको र अध्ययनशील हुनुपर्ने रहेछ भन्ने कुराको थाहा पाए । पत्रकार भइसकेपछि निडर र साहसी हुनुपर्ने र विभिन्न चुनौतीहरुको सामना गर्दै त्यसलाई समाज,देशका लागि फलदायी बनाउनु पर्ने रहेछ भन्ने बारेमा बुझ्ने मौका मिल्यो ।

सुस्मा अर्याल
गल्याङ नगरपालिका ९ बेल्चौर, स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय