मेरो गाउँको ७० वर्षको वुबाले पिढीमा बसेर बुढेसकालको सहारा भनिने छोरासँग फोन बोलेको शव्दले मलाई झस्काई रहन्छ “बाबू कहिले आउछौ”। बुढेसकालमा छोराको ओत खोजिरहेका वृद्ध बुबाको मलिनो स्वरको त्यो आवाजले मलाई समेत झ्स्काउने गर्दथ्यो र सोच्न बाध्य बनाउथ्यो ।
अहिले गाउँ घर देखि शहर बजारसम्म बिदेश जाने लहर चलेको छ । कतिपयको बाध्यता होला बिदेश जानू तर कतिपय भने रहर र फेसन जस्तै बनेको छ । ”पासपोर्ट बोकेर दिनभरि छोरो कामको खोजीमा म्यानपावर धाउछ र बाउ गैरी खेतको धान भित्र्याउन कामदारको खोजीमा गाउँ डुल्छन ।” साझ बाउ छोराको आफ्नै दुखेसो हुन्छ । छोराले भन्छ : कामै पाइएन । बाउ भन्छन् : पानी पर्ने संकेत देखा परेको छ बर्ष भरी खाने धान भित्र्याउने कामदार नै पाइएन । यसरी बाउ कामदार र छोरो कामको खोजीमा हिड्ने गरेका घटना प्रशस्त भेटिन्छन् । किन बाउको कामदार छोरो बन्न सकेन र छोराको जागिर बाउको काम बन्न सकेन भन्ने जिज्ञासा सधै रहिरन्थ्यो ।
त्यसै बिचमा “ढुङ्गा खोज्दा देउता भेटिए” भन्ने उखान जस्तै बने ती क्षण जहाँ ग्रामीण क्षेत्रको पत्रकारिता बिकास भन्ने अभियान अन्तर्गत हेर्ने कुरा डटकमले एक बर्षे कार्यक्रम अन्तर्गत दुई दिने आधारभूत पत्रकारिता तालिम संचालन गरेको थियो । यो कार्यक्रम मेरा जिवनको नयाँ अनुभव थियो जहाँ पत्रकारिता मार्फत देशमा आमूल परिवर्तन कसरी ल्याउन सकिन्छ । पत्रकार भनेको के हो ? पत्रकारले केके गर्नुपर्छ भन्रे लगायतका मेरो समेत जिज्ञासा पूरा गर्ने अविस्मरणीय दिन बन्यो । त्यो दिन थियो २०८० पौष २१ र २२ गतेको कार्यक्रम । पत्रकारिता सम्बन्धि ज्ञान हासिल गरेपछि म एक सफल र साहासिक पत्रकार बन्छु भन्ने आँट साहास मलाई हेर्ने कुरा डटकमले दिइएको छ। स्वदेश छाडेर विदेश जाने लहरको बिचमा देशमै पनि धेरै सम्भावना छ भन्ने ज्ञान प्राप्त गर्न खास थियो त्यो दिन ।
मेरालागि निकै फलदायी बनेको त्यो दिन म पत्रकारिता पेशामा तन मन लगाएर समाजमा हुने नकारात्मक कुराको विरुद्ध आवाज र सकारात्मक कुरामा मन जोड्ने साहास बढेको छ । महान वैज्ञानिक थोमस एल्भा एडिसनले भनेका छन्– ‘फैलिएर रहेका र निचोर्दा रस आउने पत्रकारिता बाहेक अरु कुनै पेशा छैन । यो कति सुन्दर छ भने दैनिक हजारौ कहाँ पुग्दछ, तिनीहरूलाई ज्ञान, सूचना, शिक्षा, र मनोरन्जन प्रदान गर्दछ । मलाई आफू पत्रकार नभएकोमा खेद छ । एडिसनले भने झैं पत्रकारिता त्यो हो, जसले समाजमा दैनिक रुपमा भइरहने क्रियाकलापलाई सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्दछ ।
पत्रकारिताको उद्देश्य आदर्श समाजको निर्माण हो । पत्रकारितामा नयाँ सामाजिक घटनालाई महत्त्व दिइन्छ । हरेक घटनाको विश्लेषण र मुल्याकंन गर्दै सर्वसाधारण समक्ष उनिहरूले बुझ्ने भाषामा प्रस्तुत गरिन्छ । नविनतम घटनाको संकलन, चयन एवं सम्प्रेषणको समग्र प्रक्रिया पत्रकारिता हो । यो समसायिक ज्ञानको व्यवसाय हो ।वास्तवमा मलाई तालिम लिनु अघि पत्रकार भनेको के हो ? समाचार कसरी लेखिन्छ ? भन्ने कुराको केहि जानकारी थिएन समाचार भनेको केहो भन्ने थाहा नपाउदा समाचार प्रर्ति रुचि नभएको तितो अनुभव म मा छ र तालिम लिइ सके पछि मात्र थाहा भयो कि पत्रकार भनेको देशको चौँथो खम्बा हुन भनेर । र पत्रकार नभएको देश र नुन नलगाएको तरकारी एउटै हुने रहेछन् भन्ने चेतना भरिएको छ ।
हामीलाई तालिम दिनको लागि प्रमुख प्रशिक्षक माधव अर्याल हुन्नथ्यो । मलाई पत्रकारिता तालिम लिनुपुर्व थाहा थिइएन छ क 5w 1H what -के when-कहिले where-कहा why – किन who- को र how-कसरी र समाचार लेख्दा north east west south बाट नै सुचना संकलन गरिन्छ भन्ने कुरा अवगत थिएन । हामीलाई तालिम दिनको लागि माधव अर्याल को साथ साथै सुरक्षा सम्बन्धित तालिम दिन गल्याङ प्रहरी प्रमुख यामनाथ बगाले सरले पनि सुरक्षा सम्बन्धि र जरिवाना सम्बन्धि ज्ञान दिनु भएको थियोे । उहाँले छुवाछूत ,लागुपदार्थ ,मानव बेचबिखन,साइकर क्राइम र यौनजन्य दुव्र्यवहार सम्बन्धि कानुन बुझाउनु भयो । यस अघि यस्ता विभिन्न कुराको ज्ञान भएता पनि प्रस्ट थिएन उहाँले उक्त तालिम मार्फत स्पष्ट पारि दिनु भयो । पौष २१ र २२ गतेको तालिम पछि पत्रकार भनेको केहो ? समाचार कसरी लेखिन्छ ,पत्रकारको महत्व तथा गुण दोष स्पष्ट भएको छ।पत्रकारिता सम्बन्धि तालिम लिइ सके पछि निम्न कुराको ज्ञान प्राप्त भएको छ । पत्रकारिता पेशामा संलग्न व्यक्तिलाई पत्रकार भनिन्छ ।
पत्रकारिताका सम्बन्धमा न्यु वल्र्ड इन्साईक्लोपेडियाले लेख्छ– ‘जनचासोका समाचार, विचार जनसमुदायलाई जानकारी गराउने पेशा नै पत्रकारिता हो ।’ पत्रकारिता समाजको ऐना हो । जसरी ऐनाले कुनै पनि बस्तु वा चिजलाई जस्ताको त्यस्तै देखाउछ, त्यस्तै पत्रकारिताले समाजमा दैनिक रुपमा हुने घटनाहरूलाई जस्ताको त्यस्तै देखाई आमसञ्चारका माध्यमहरू रेडियो, पत्रपत्रिका, अनलाईन पत्रिका र टेलिभिजन मार्फत प्रकाशन तथा प्रशारण गर्दछ । बिक्रम सम्वत १९०८ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्किदा एउटा प्रेस भित्र्याएसंगै नेपालमा प्रेस क्षेत्रका गतिविधि सुरु भएका थिए । पत्रपत्रिकाको ईतिहास हेर्ने हो भने १९४३ सालमा मोतीराम भट्टले नेपाली भाषाको पहिलो पत्रिकाका रुपमा ‘गोर्खा भारत जीवन’ भारतको बनारसमा प्रकाशित गरे । १९५५ सालमा नेपालमै ‘सुधासागर’ नामक पत्रिका प्रकाशनमा आयो । १९५८ सालमा नेपालको जेठो पत्रिकाको रुपमा गोर्खापत्र प्रकाशनमा आयो । यस पत्रिकाको पहिलो प्रति २४ वैशाख १९५८ मा प्रकाशित भएको थियो । १९५८ साल वैशाख २४ गते सोमबारदेखि प्रकाशन थालिएको गोरखापत्र पहिले साप्ताहिक रूपमा प्रकाशन हुने गर्थो । यी विभिन्न पत्रपत्रिका प्रकाशन संगै नेपाली पत्रकारिता सुरु भएको इतिहास भेटिन्छ ।
प्रख्यात बेलायती नाटककार टोम स्टोपार्डले भनेका छन् म अझै विश्वस्त छु, कि यदि तपाईको चाहना संसार परिवर्तन गर्ने छ भने सबै भन्दा छिटो हतियार पत्रकारिता हो” यस भनाई बाट थाहा हुन्छ कि पत्रकारिताको महत्व के र कति छ भनेर, बिचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धि जनताको अधिकारलाई सुनिश्चित गर्ने उत्तम बिकल्प पत्रकारिता हो ।
स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको कल्पना सम्भव छैन । प्रजातान्त्रिक संस्कृतिकलाई हुर्काउन र संस्थागत बनाउन पनि पत्रकारिता अत्यान्तै आवश्यक बिषय हो । नेपोलियन वोनापार्ट भन्छन् पत्रकार भनेका आरोपी, समालोचक, सल्लाहकार बादशाहका प्रतिनिधी र राष्टका सेवक हुन् । चार वटा बिरोधी पत्रिका चारहजार सेना भन्दा पनि डर लाग्दा हुन्छन् ।” पत्रकारिता सभ्यसमाजको शिक्षक, समालोचक, र पहरेदार हो ।
इन्द्र भण्डारी
गल्याङ नगरपालिका -९
गेझा गौमुख , स्याङ्जा