मेराे पत्रकारिताको पहिलो अनुभव

२०८० पुष २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

हाम्रा सुचनाका स्रोतहरू निश्चित क्षेत्रबाट फैलिएर सर्वसाधारणका हातहातमा पुगिसकेका हुन्छन् । घटनाको वास्तविकता र सूचनाहरू क्षणभरमै विश्व डिजिटल बजारमा फैलिरहेको छ । सुस्त र भद्दा रहेको नेपालको सरकारी कर्मचारी संयन्त्र समाचारबाट त्रसित मात्र बन्यो सचेत कहिल्यै भएन । नेपाल कम विकसित मुलुक भएका कारण देशका नागरिकले अरु मुलुक जाने निर्णय गरेका छन् । आफ्नो मुलुक नछोड्ने सोचमा सन्देश प्रचारप्रसार गरिएको छ भन्ने मेरो सोच थियो तर त्यसो रहेनछ, भन्ने कुरामा मेरा यी सोच र बुझाइ थिएन भन्ने जानकारी जुन दिन मैले मेरो जिन्दगीको पहिलो अनुभव लिएकी थिए ।

ग्रामीण क्षेत्रमा पत्रकारिताको विकासका लागी एक वर्षे कार्यक्रम अन्तर्गत ”आधारभूत पत्रकारिता तालिम” मार्फत समृद्ध नेपाल परिकल्पना गर्न सचेत नागरिक हुनुपर्छ । पत्रकारिता मार्फत समाज बुझाउने अभियानमा ज्ञान दिने उद्देश्य अनुरूप हेर्ने कुरा डटकम मार्फत सन्चालन भएको पौष २१ र २२ गते गरि दुईदिने तालिममा पत्रकारिताबाट समाजलाई कसरी परिवर्तन गर्ने र देश विकास गर्ने लगायतका ज्ञान, सीप लिन पाउनु मेरो जीवनको पहिलो सिकाइ र अनुभव थियो। यो आधारभूत पत्रकारिता तालिममा म सहभागी हुन पाउँदा आफूमा भएका डर, त्रास, सङ्कोच हराएको अनुभव भएको छ ।

पत्रकारिता तालिम मार्फत सचेत नागरिक  बन्ने र समृद्ध देश निर्माण गर्ने धारणा मेरो मनमा उब्जिएको छ। अब म पत्रकार क्षेत्रमा नै लागि परेर समाजमा भएका विकृति, विसङ्गति, भेदभाव, छुवाछुतका विरुद्धमा आफ्नो आवाज उठाउने र त्यस्ता समस्यामा परेका आवाजविहिन व्यक्तिहरूको आवाज बनि समस्याको समाधान गर्न सक्छु भन्ने साहस ऑट बढेको छ र एक सफल पत्रकार बनि देश विकास गर्छु भन्ने विश्वास जागेको छ ।

तालिम लिनु अघि मलाई पत्रकार भनेको के हो ? समाचार कसरी लेख्ने ? समाचारको स्रोत के के हुन्छ ? भन्ने कुराको जानकारी थिएन। हामीलाई यस आधारभूत पत्रकारिता तालिम प्रशिक्षण गर्नका लागि कान्तिपुर मिडिया ग्रुप पाल्पा जिल्ला संम्बादाता सम्पादक माधव अर्याल सर आउनुभएको थियो।

समाचार लेखन‌ कसरी गर्ने ? सुचना संकलन कसरी गर्ने ? कुराको जानकारी मैले यो तालिमबाट हासिल गरे । समाचार लेखन‌ गर्दा उल्टो पिरामिडको प्रयोग गरि घटना स्थल मा पुगीसोधपुछ गर्ने र समाचारमा 5w 1H  आर्थत् ६ क (के, को, कहॉ, किन, कसले र कसरी) शब्दलाई आनिवार्य प्रयोग गरेर समाचार लेखन गरिन्छ भन्ने कुराको जानकारी तालिममार्फत भयो । पत्रकारको परिभाषा, पत्रकारमा हुनुपर्ने गुणहरू, समाचारले समेट्ने बिषयवस्तु, समाचारमा हुनुपर्ने गुणहरू समाचार सङ्कलन गर्दा ध्यान दिनुपर्ने कार्य र समाचारको स्रोतहरु आदिको बारेमा तालिमबाट जानकारी भयो।

पत्रकार भइसकेपछि निडर, सीजनसिल आत्मानुसासन र परिश्रमी हुनुपर्ने र विकृतपुर्ण सूचनका सञ्चारमाध्यमहरुलाई निषेध गरेर विभिन्न चुनौतीको सामना गरि एक सचेत नागरिक बन्ने ज्ञान प्राप्त गर्ने मौका पाए। प्रशिक्षणकै क्रममा हामीबिच गल्यांङ प्रहरी चौकीका कार्यालय प्रमुख यामनाथ बागाले जोडिनु भएको थियो । उहॉले हामिलाई बढ्दो साइबर क्राइम, घरेलु हिंसा, जातीय भेदभाव, बहुविवाह, लागु पर्दाथ रगाँजा सेवन‌ गरेबापत लाग्ने जरिवाना र सजायको बारेमा जानकारी दिनुभयो जुन हामिलाई पहिले थाहा थिएन ।

हामीले मात्र चेतानाको स्तर उचाईमा पर्याएर लगाव र क्षमतामा सुधार गर्न आवश्यक छ । यसका लागी जातबाट उत्पन्न विभेदहरूलाई मानिसहरूका मनभित्रबाट हटाएर हामी नेपालीको लागी हामिले नै काम गर्ने हो भने सकारात्मक सोच पलाउन सक्ने मेरो सोचाइ छ ।

यमकला अधिकारी

गल्याङ नगरपालिका – ७

पेलाकोट पट्काङ, स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय