“नेपाली हामी रहुला कहाँ नेपालै नरहे”

२०८० पुष २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पृथ्वीनारायण शाह नाम सुन्दा नै भित्रैबाट एउटा देश भक्तिको अनुभुति जाग्छ। वि.सं १७७९ पौष २७ गते जन्मिनुभए‌को तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ सहयोग लिदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका स-साना राज्यहरूलाई एक सुन्दर मुलुक नेपालको निर्माण गर्न सफल हुनुभएको थियो।

राजा पृथ्वीनारायाण शाहले सुरु गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टीस्टा नदी दक्षिणमा भगद्य र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू-भाग नेपालको अधिनमा थियो ।

हाम्रा वीर पू्र्खा देखेर सत्रुहरुको पनी मुटु काम्न थल्थ्यो उनीहरू मर्न तयार भए तर हर्न कहिल्यै जानेनन । नेपालको इतिहास पल्टाएर हेर्दा यो राज्यमा कुनै पनी शक्तिले आफ्नो साम्राज्य खडा गर्न सकेन न त कुनै साम्राज्यवादी शक्ति सामु घुडा टेक्न पर्यो हाम्रो देश नेपाल यत्तिकै निमार्ण भएको होइन। पृथ्वीनारायण शाहा लगायतका हजारौ नेपाली सपुतहरुको त्याग, बलिदान र सत्य प्रयासबाट बनेको देश हो नेपाल ।

नेपाललाई अग्रजले आक्रमण गर्दा वीर गोर्खालीहरु नेपाल आमाका सपुतहरूले, नेपाली विरविरङ्‌गनाले अदम्य साहस र विरताले गर्दा नै वर्तमानमा नेपाल हो र हामी नेपाली हौ भन्ने सौभाग्य पाएका छौं।

जर्मन सम्राट कैनर विलियामले जर्मन सेनालाई विश्वका जुन सुकै सेनासग युद्धमा लडन पठाउन सकीने तर गर्खाली सेना भन्ने वित्तिकै आफ्नो मुटु थरर काप्ने अभिव्यक्ति दिएका थिए उनीहरुको पाईला जहाँ पुग्थ्यो त्यहाँ जित निश्चय हुन्थ्यो। हाम्रा पुर्खाले गर्दा नै हाम्रो देश नेपाल रहेको हो । तिनै वीर गोर्खालीको सन्तान भनेर नेपालमा जन्म लिन पाउनुमा मलाई धेरै गर्व लाग्छ। हाम्रो नशा नशामा तिनै वीर पुर्खाको रगत बगिरहेको छ। हामी सामु सच्चा देश भक्ती देशप्रमी देशको लागी आफ्नो ज्यान बलिदान दिने नेपाल आमाका सपुतहरु नभएता पनी हरेक नेपालीहरुको मनमा ति महान सपूतहरु जीवित नै छन्। हाम्रा पू्र्खाको विजय यात्रालाई कुनै पनी शक्तिले रोक्न छेक्न सकेन उनीहरूको वेग आकाशमा स्वतन्त्र भै उढ्ने गरुड को झै थीयो जुन कुनै आकाशले बध्न सकेन उत्तरमा तिब्बतको डिमर्च, पश्चिममा रबी तदी र साथसाथै कांगड़ा, कलङगा,टीस्टा,गङगा, बेत्रावती कीनारमा हाम्रा पू्र्खाको बहादुरीको गित अझै पनी गुन्जिरहको छ।

राजा पृथ्वी नारायण शाहको भनाइ थियो, यो मुलुक दुई ठुला-ठुला ढुङ्गा बिचको एक सानो तरुल जस्तो छ प्रजा मोटो भया दरबार बलियो रहन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन्, मेरा साना दुःख आर्जेको मुलुक होइन सबै जात‌को फुलबारी हो सबैमा चेतना भया, देशको माहर्जनहरु हाम्रो मुलुकमा आया भन्या दुनीया कंगाल गरी छाड्छन्, देशका कपडा लगाउन मना गरीदिनु, आफ्नो देशको कपडा बन्न जान्नेलाई नमुना देखाई सघाउन र बन्न लगाउनु, यसो भया नगद विदेश जादैन, अन्याय देशमा हुन नदिनु, घुस लिन्या र घुस दिन्या दुबै दोषी हुन । दुनिया जस देखी रजी रहन्छ, उसैलाई काजी दिनु जाईकटक नगर्नु झीकीकटक गर्नु “कसैसँग निहु नखोज्नु निहु खोज्नेलाई नछाड्नु  मेरो मुलुक ४ वर्ण ३६ जातको फुलबारी हो।”

राष्ट्रनिर्माता शाह पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। आज उन‌को ३०२ औ जन्मोत्सव रहेको छ । उनी हामी सामु नरहे पनि हरेक नेपालीको मनमा जीवित नै छन्। राज्यनिर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तीकै सान्दर्भिक छन ।

सुम्मा अर्याल
गल्याङ नगरपालिका ९ वेल्चौर
स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय