दश बर्ष देखि बाख्रा पाल्दै रमाउदै नारायण भण्डारी

२०८० पुष २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इन्द्र भण्डारी
स्याङ्जा २८ पौष । स्याङ्जाको गल्याङ नगरपालिका ९ गौमुखका नारायण भण्डारी विगत १० वर्ष देखि बाख्रा पेसामा रमाउदै आउनु भएको छ।

१० वर्ष आगाडी तीन वटा बाख्रा बाट सुरु गर्नुभएका भण्डारीले पछिल्लो समय यसैलाई नै व्यवसायीक रुपमा अगाडि बढाउदै लैजानु भएको छ । नारायण बाख्रा फर्म दर्ता गरि व्यावसायिक रुपमा बाख्रा पालन गर्दै आउनु भएका उहाँको फर्ममा यतिबेला करिव ४० बाख्रा रहेको भण्डारीले हेर्नेकुरा डटकम लाइ जानकारी दिनुभयो ।

उहाँको फर्ममा बहेर र लोकल गरि दुई प्रजातिका बाख्रा रहेका छन् । करिब ५ लाख रुपैयाबाट व्यवसाय सुरु गर्नु भएका उहाँकाे फर्ममा हाल २० वटा माउ बाख्रा, १० वटा खसी बोका र पाठापाठी रहेका छन ।

तत्कालीन अवस्थामा देशमा केही सम्भावना नदेखेर बैदेशिक रोजगारीका क्रममा भारत पुग्नु भएका उहाँ १५ महिनाको बसाइँ पछि पुनः नेपाल फर्केका व्यावसाय सुरु गरेको हेर्नेकुरा डटकमलाई जानकारी गराउनु भयो । उहाँले भन्नूभयो ‘सबैले नेपालीमा केही छैन केही छैन भनेपछि लहिलहिमा लागेर म पनि भारत पुगे तर त्यसो होइन रहेछ’ विगतका कहानि सुनाउदौ उहाँले सम्भावनाको खोजिमा बाहिर भौतारिदा १५ महिना गुमेको पछुतो समेत व्यक्त गर्नु भयो ।

घरको जेठो सन्तानको रुपमा रहनुभएको भण्डारीले यहि फर्मको आम्दानि बाट घर परिवारको आर्थिक अवस्थालाई सबल बनाउदै लैजानुभएको छ । व्यवसायमा कुनै हानि नोक्सानी नभएको समयमा बार्षिक १० देखि १५ लाख रुपियाँ आम्दानि गर्ने गरेको उहाँ बताउनुहुन्छ। इनसुरेन्स सहित व्यवसायीक बाख्रा पालनमा हुमिनु भएका नारायणको यो फर्मका दुई वटा बाख्रा बाघले खाइदिदा इनसुरेन्स बाट पैसा पाएको पनि सुनाउनुभयो ।

देशमै कर्म गर्ने हो भने केही गर्न सकिन्छ भन्ने अठोट बोकेर व्यवसायिक बाख्रा पालनमा लाग्नु भएका भण्डारी लाई आवश्यक अनुसार वडाले परामर्श गदै आएको वडा अध्यक्ष नामादेव खनालले जानकारी दिनु भयो । अध्यक्ष खनालले भन्नूभयो ‘यसरी व्यवसायीक रुपमा लाग्नु भएका वडा वासिलाइ सहयोग गर्दै आएका छौँ ।’ उहाँले बेलाबेलामा निःशुुल्क खोप ,निःशुुल्क बीउ बिजन एवम् पशुको लागि आवश्यक औसधिहरु समेत निः शुल्क रुपमा उपलब्ध गराउदै आएको हेर्ने कुरा डटकमलाइ जानकारी दिनुभयो । यस वडाका उत्पादन भएका वस्तु बिक्रीका लागि नगरमै संभावना खोजिने नभए छिमेकी स्थानिय तहमा पनि खपत नभए अन्यत्र लगेर भए पनि वडाले बिक्री गर्न पहल गर्ने उहाँले बताउनु भयो ।

देशमा केही छैन भनेर बाहिरिएको युवा जमातका विचमा उदाहरणिय बन्नु भएका नारायण भण्डारीको व्यवसायलाई थप सफल बनाउन सम्बन्धि निकायको ध्यान पुग्न सक्यो भने भण्डारीको सफलतालाई देखाएर बाहिरिदै गरेका युवा जमात लाई पक्कैपनि रोक्न सकिने सम्भावना देखिन्छ । यता तर्फ सम्बन्धित निकायको बेलैमा ध्यानाकर्षण हुन जरुरि छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार