माघी पर्व / मंकर संङ्क्रान्ति

२०८० पुष २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

माघी पर्व माग महिनाको पहिलो दिन मनाइने हिन्दुहरुको एउटा महत्त्वपूर्ण पर्व हो। यो पर्व सँग धार्मिक महत्त्वका साथसाथै वैज्ञानिक कारणहरु पनि जोडिएका छन।

सुर्य धनु राशिलाई छाडेर मंकर राशिमा प्रवेश गरेको तिथिमा यो पर्व मनाउने गरिन्छ त्यसैले यसलाई मंकर संङ्क्रान्ति पनि भनिन्छ । यसलाई देशभर विभिन्न समुदायका मानिसहरुले फरक फरक नामले मनाउने गर्दछन् जस्तैः थारु जातिले यसलाई नयाँ वर्षको रुपमा अथवा माघीको रुपमा मनाउने गर्दछन् । माघे संङ्क्रान्तिमा विशेष गरेर नदिमा स्नान गरेर शुद्ध भइ सुर्यलाई जल चड्ढाएर पुजा पाठ गरि तिलको बोटको सुकेको डाँठ को आगो बालि तापने प्रचलन रहेको छ । यस पर्वको बिशेष परिकारहरु तिलको लड्डु ,तरुल,सखर जस्तैः कन्दमुल खाने र यी समाग्रिहरु दान पनि गरिन्छ । यस दिनमा दान गरेमा ठुलो धर्म वा पुण्य मिल्छ भन्ने धार्मिक जनविश्वास रहेको छ। यस पर्वमा खाइने खानेकुराहरुले मानिसको शारीरिक , मानसिक क्षमताको विकास तथा वृद्धि हुने वैज्ञानिक कारण का रुपमा लिइएको छ ।

माघी पर्वको दिन देखि दिन लामो र रात छोटो हुदै जान्छ । यस दिन देखी बिस्तारै जाडो कम हुँदै जाने गर्छ । यस दिन नेपालका विभिन्न ठाउँमा विभिन्न मेलाहरु हुने गर्दछन। जस्तैः देवघाट,रिडि,पुर्वी नेपालमा विभिन्न ठाउँमा मेला हुने गर्दछ । नेपालीको देवघाटमा हुने माघी पर्वको बारेमा केही प्रचलन दिइएको छ । देवघाटमा हरेक वर्ष लाग्ने मकर सङ्क्रान्ति मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ । भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट र हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम र ठूलो महत्त्व बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास छ । धार्मिक र पर्यटकीय महत्त्व बोकेको देवघाटमा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ । अःत माघी पर्व नेपालिहरुको धेरै पर्व मध्ये यो पनि एक महत्त्वपूर्ण पर्वको रुपमा मानिने गरिन्छ ।

इन्द्र भण्डारी

गल्याङ नगरपालिका -९

गेझा गौमुख , स्याङ्जा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय