उच्च पहाडी क्षेत्रमा वर्षा, तराईमा हुस्सु कुहिरो

२०८० माघ २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२ माघ । आज बागमतीको प्रदेशका दोलखा र सिन्धुपाल्चोक तथा कोशी प्रदेशका संखुवासभा र ताप्लेजुङ लगायत जिल्लाका उच्च भूभागमा वर्षाको सम्भावना छ । गण्डकी प्रदेशमा पनि दुई हजारदेखि तीन हजार मिटरभन्दा माथि क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज आंशिकदेखि सामान्य बदली हुने र उच्च पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । तराई मधेशका जिल्लामा भने दिउँसोसम्मै हुस्सु कुहिरो लाग्ने छ ।

हाल नेपालमा पश्चिमी वायु र बंगलादेशको दक्षिणी भूभाग आसपास रहेको न्यून चापीय प्रणाली समेतको आंशिक प्रभाव परेको छ । ‘यो प्रणालीको प्रभाव आज, भोलि र पर्सि तीन दिनसम्म रहने छ । यसले गर्दा उच्च पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय