भनिन्छ नि “उदेश्य बिनाकाे मान्छे हुनुहुदैन भनेर” हाे त्यहीँ भएर होला आजभोलिका मानिसमा वा अझै भनौ युवा मा त एक मात्र उदेश्य भेट्न सकिन्छ कि विदेश पढ्न जाने नत्र उतै काम गर्न भएपनि जाने । देशमा काम छैन भन्ने मानिसहरू धेरै भेटिन्छन्।
सबै युवाले विदेश नै रोज्ने,गाउँ घर छोड्ने गर्ने गरेका छन् । यसै बिचमा समाज विकास कसरी गर्ने, भन्ने कुरा मनमा खेलाउँदै के गर्ने अन्योलमा थिए । मेरो त्यहीँ अन्योल हटाउन पाए, जुन दिन मैले जीवनमा पहिलो अनुभव लिएकी थिए । “आधारभूत पत्रकारिता तालिम ।”
यस तालिममा सहभागिता हुनुभन्दा पहिले मलाई पत्रकार भनेको क हो ? पत्रकारमा के-कस्ता गुण हुनुपर्छ भन्ने थाहा थिएन । तालिम लिएपछि मलाई पत्रकार भनेको के हो, पत्रकारमा हुनुपर्ने गुणको बारेमा जानकारी भयो ।
समाचार कसरी लेखिन्छ,समाचार कहाँबाट आउँछ कसरी आउँछ भन्ने थाहा थिएन । तर तालिम लिइसकेपछि समाचार लेख्दा सर्वप्रथम त सुचना सङ्कलन गर्नुपर्दो रहेछ भन्ने कुरा थाहा भयो । समाचार लेख्दा ६ क वा के,कहाँ,किन,कहिले,को,कसरी को प्रयोग गरेर उल्टो पिरामिड बाट समाचार लेख्नुपर्ने रहेछ भन्ने कुरा थाहा भयो । समाचार लेख्दा के -कस्ता कुरालाई समेटिदो रहेछ भन्ने कुराको पनि जानकारी भयो ।
पत्रकार भइसकेपछि विभिन्न विषयमा अध्ययनशील हुनुपर्दो रहेछ । पत्रकार भएपछि निडर र साहसी हुनुपर्ने र विभिन्न चुनौतिलाई सामना गरि त्यसलाई अवसरमा बदल्न सक्नुपर्ने रहेछ भन्ने पनि थाहा भयो ।
हामीलाई दुई दिने आधारभूत पत्रकारिता तालिम प्रशिक्षणका लागि कान्तिपुर मिडिया ग्रुपका पाल्पा सम्बादाता माधव अर्याल आउनु भएको थियो ।
यसैगरी प्रशिक्षणको क्रममा गल्याङ प्रहरी चौकीका कार्यालय प्रमुख यामनाथ बगाले जोडिनु भएको थियो । उहाँले हामीलाई बढ्दो साइबर क्राइम,बोक्सीको आरोप, बाल विवाह, गाजा तथा लागु औषध सेवन र ट्राफिक नियमका बारेमा जानकारी दिनुभयो । यस्ता विषयमा गरिने अपराध र हुन सक्ने सजाय र जरिवाना को बारेमा पनि हामीलाई बताउनुभयो । यस भन्दा पहिले यस्ता विषय वा कानुन समबन्धी कुराको जानकारी थिएन । यस्ता विषयको बारेमा जानकारी लिन पाए ।
ग्रामीण क्षेत्रको पत्रकारिता विकासका लागि एक वर्षे कार्यक्रम अन्तर्गत आधारभूत पत्रकारिता तालिम पौष २१/२२गते हेर्ने कुरा डटकमको आयोजना,नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखा र स्याङ्जा पत्रकार समाजको समन्वयमा तालिम सन्चालन भएको थियो।
यस दुई दिने आधारभूत पत्रकारिता तालिममा सहभागी भएपछि मेरो मनमा भएको डर,त्रास,सङकोच हटेको छ । अब म पत्रकारिता क्षेत्रमा नै लागेर समाजमा रहेको विकृति र विसङगति विरुद्धमा बोल्न सक्छु,आवाज बिहिन व्यक्तिहरूको आवाज बन्न सक्छु भन्ने साहस बढेको छ । समाज परिवर्तन गर्न लागि पर्छु भन्ने आट आएको छ । यस दुई दिने आधारभूत पत्रकारिता तालिम मेरो जीवनका लागि निकै नेै फलदायी भएको मेैले महसुस गरेकी छु ।
इसिका गहतराज
गल्याङ नगरपालिका ४ ग्वादी
स्याङ्जा