गल्याङका चार कृषकले गरे दश लाख लिटर दूध उत्पादन

२०८० माघ ३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इन्द्र भण्डारी

स्याङ्जा,३ माघ । स्याङ्जाको गल्याङ नगरपालिका भित्रका चार कृषकले दश लाख भन्दा बढी दुध उत्पादन गर्नुभएको छ । चार कृषकले सामुहिक रूपमा कृषि फम दर्ता गरेर दुग्ध उत्पादन गर्दै आउनु भएको हो ।

करिव २ वर्ष अगाडि गल्याङ नगरपालिका ९ गेझामा १० वटा गाँइबाट सुरु गर्नुभएका उहाँहरुले यी दुई बर्षमा दश लाख लिटर भन्दा बढी दुग्ध उत्पादन गरेको कुसुम भण्डारीले जानकारी दिनुभयो । मुरली एग्रो फर्म दर्ता गरि व्यवसाय सुरु गर्नु भएका उहाँहरुको फममा यतिबेला ४० वटा गाई रहेका छन् ।

हाल उक्त एग्रो फर्ममा काठे,होलिस्टेन,जर्सि गरि तीन प्रजातिका गाई रहेको संचालक भण्डारीले जानकारी दिनुभयो । करिब १ करोड लगानीमा बाट सुरु भएको व्यावसायमा हाल दैनिकी ५० लिटर दुग्ध उत्पादन हुँदै आएको उहाँकाे भनाइ छ ।

तत्कालीन अवस्थामा देशमा केही सम्भावना नदेखिएकाले वैदेशिक रोजगारीका क्रममा साउदी ,कतार लगाएतका खाडि मुलुकमा जानुभएका प्रेम र तारा भण्डारी पुनः नेपाल आएर ब्यबसाय सुरु गरेको हेर्ने कुरा डटकमलाई जानकारी दिनु भयो । कुशुम र बिष्णु भण्डारीले स्वदेशमै केही गरेर देखाउनु पर्ने भन्दै प्रेम र तारा भण्डारीलाई स्वदेश झिकाएर ब्यबसाय सुरु गरेको बताउनुभयो । हाल उहाँहरुको मासिक आम्दानी करिब १ लाख रुपैयाँ रहेको रहेको तथ्यांक भेटिन्छ । दैनिकी ५० लिटर दुग्ध उत्पादन गर्दै आएको फमलाई नगरपालिकाको तर्फबाट अनुदान स्वरुप प्रति लिटर १५ रुपैयाँ पनि प्राप्त भएको बताउनुभयो । भण्डारीले भन्नुभयो “५० लिटरको दरले पैसा पनि पाएका छौ । अनि नगरपालिका बाट पनि अनुदान स्वरुप प्रतिलिटर १५ रुपैयाँ पनि पाएकै छौ । त्यसै कारण पनि उत्पादनको आम्दानी बढ्दै गएको छ ।” गल्याङ नगरपालिकाले दुग्ध उत्पादन गरेर बेचे बापत प्रतिलिटर १५ रुपैया अनुदान प्रदान गर्दै आएको छ ।

पालिकाकाे कृषक मुखी कार्यक्रम अन्तर्गत पशुमा लाग्ने विभिन्न रोगको निशुल्क उपचार, विभिन्न पौष्टिक घासका बिउ लगायत विभिन्न मेसिनरी औजार समेत उपलब्ध गराउदै आएको वडा अध्यक्ष नामदेव खनालले जानकारी दिनुभयो । त्यतिमात्र नभएर यस फमको लागि आफ्नो सरकारी सेवा सुबिधाको छुट्टै १० प्रतिशत रकम पनि प्रदान गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कृषि पेशामा युवा पङ्ती आकर्षित गर्न म जनप्रतिनिधि भए देखि मेरो सेवा सुबिधाको १० प्रतिशत यस फमलाई छुट्टै अनुदान प्रदान गर्दै आएको छु र यो प्रदान गर्ने क्रम म जनप्रतिनिधि रहुन्जेल रहनेछ ।”

नेपालमा आम्दानीको स्रोत छैन भनेर बिदेशीने युवा जमातलाई रोक्न र देशमै केही गर्न सकिन्छ भन्ने प्रेणाको स्रोत बन्नु भएका चार जना व्यक्तिको ब्यबसाय प्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुन सक्यो भने उक्त फर्मलाई देखाएर बाहिरिदै गरेका युवा जमातलाई रोक्ने सम्भावना पनि रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार