वैदेशिक रोजगारी हामी नेपालीहरूको लागि आधारभूत आवश्यकता जस्तै बनेको छ । अहिलेको नेपाली समाज र नेपाली नागरिकको वास्तविकता भनेको नै, नेपालमा बसेर केही गर्छु भन्ने युवाहरूलाई हाम्रो समाजले उल्लु (जिस्क्याउने र गिजाउने) बनाउँछ। वर्तमान समयमा नेपालको बेरोजगारी दर ११ प्रतिशत रहेको छ। जुन आर्थिक विकासको लागी राम्रो होइन । नेपालमा केही हुँदैन, विदेश भनेको विदेश हो, नेपालमा बस्ने युवाहरू हिम्मत नभएका हुन्, हिम्मत गर्नुपर्छ जस्ता वाक्यांशले बाध्य भएर नेपाली युवाहरू विदेशिनु पर्ने अवस्था छ।
वैदेशिक रोजगार अन्तिम विकल्प होइन । नेपालका युवा युवतीहरू वैदेशिक रोजगार मै जानुपर्छ भन्ने पनि छैन । नेपाल एक कृषि प्रधान देश हो । आफ्नो मुलुकमा बसेर कृषि गरे पनि आफ्नो जीवन निर्वाह हुने सम्भावना धेरै छ तर नेपालको आर्थिक स्थितिमा समस्या भएका कारण नेपालीहरुले देश छोड्ने गरेका पाइन्छ । एकातर्फ देशमा गरिखाने अवस्था नभएपछि बर्षेनी हजारौ युवायुतिहरू रोजगारीका लागि विदेशिने क्रम दिनानुदिन बढिरहेको छ भने अर्कातिर देखा सिकि, रहल र साथि वा आफन्तजनको लहलहैमा पनि देशका नागरिक विदेशिएको देख्ने गरिन्छ । कुनै कसैको बाध्यता (मजबुरी) हुन्छ भने, त कसैको घरको आर्थिक अवस्थामा समस्या भएका कारण पनि जाने गर्दछन् । हजारौॅ युवायुुवतिहरू विदेशमा विभिन्न यातना खप्ने बाध्यमा परेका छन्।
यसका कारण बिदेशी बाध्य छन् नेपाली
#उच्च व्यापार घाटा
#उच्च आय असमानता
#उच्च बेरोजगारी नहुनू
#उच्च गरिबी
#प्राकृतिक सम्पदाको न्यून उपयोग
यस समस्यहरुको समाधान गरि वैदेशिक रोजगारीका लागि पलाएन हुने नागरिकहरुलाई स्वदेशमै फर्काउन सकिन्छ। यसका लागि भौतिक संरचनाहरुको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, सरसफाइ आदिमा भएका गुणात्मक तथा परिमाणात्मक परिवर्तन गर्ने, रोजगारीको अवसर प्रदान गर्ने, राष्ट्रिय उत्पादनमा वृद्ध गर्ने, स्वावलम्बी अर्थतिनी अवलम्बन गर्ने कार्यमा सरकार, निजी क्षेत्र र नागरिक समाज सक्रिय रहेमा आर्थिक धरातल बलियो भई देशका नागरिक विदेश पलायन हुनबाट रोकिने र आर्थिक स्थितिमा सुधार हुन सक्ने सम्भावना हुन्छ।
संघ, प्रदेश र स्थानीय तहमा सन्चालित सार्वजनिक विकास निर्माण कार्यमा श्रममूलक प्रविधिलाई बदुवा दिने, सबै स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिलाई सूचीकृत गरी रोजगारका अवसरका साथै न्यूनतम रोजगारी प्रत्याभूति गर्ने साथै सबै नागरिकलाई मर्यादित र उत्पादनशील रोजगारीका अवसर उपलब्ध गराउने हो भने देशका नागरिक विदेश पलायन नहुने र राष्ट्रको आर्थिक स्थितीमा विकास अथवा सुधार हुने सम्भावना बढि छ ।
यमकला अधिकारी
गल्याङ नगरपालिका ,पेलाकोट ७ पट्काङ
स्याङ्जा