ललितपुरमा आज बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,५ माघ। ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुँदै छ ।

नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय