गार्मीण क्षेत्रको पत्रकारिताको विकासको लागि हेर्ने कुरा डटकमको आयोजनामा पौष २१ र २२ गते गल्याङमा आधारभुत पत्रकारिता तालिम सन्चालन भएको थियो । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखा र स्याङ्जा पत्रकार समाज नेपालको समन्वयमा सञ्चालित दुई दिने तालिम पत्रकारिता सम्बन्धी मेरो जीवनको पहिलो तालिम थियोे ।
मलाई तालिम लिनु अघि पत्रकारिता बारे खसै ज्ञान थिएन ।हामीलाई आधारभुत पत्रकारिता तालिममा प्रशिक्षण गर्न कान्तिपुर मिडिया ग्रुपका पाल्पा सम्बादाता माधव अर्याल आउनु भएको थियो । उहाँको सिकाउने शैली सरल र सहज किसिमको थियोे ।
पत्रकारिता तालिममा सहभागी हुनुभन्दा पहिले मलाई पत्रकारिता बारे खसै ज्ञान थिएन । मैले फुर्सदको समयमा रेडियो सुन्ने गर्थे । मलाई लाग्थियो पत्रकारिता निकै सरल होला तर तेसो रहेन छ । मलाई तालिममा सहभागी भइसकेपछि समाचार कसरी लेखिन्छ, समाचार कहाँबाट कसरी आउछ भन्ने बारे मलाई जानकारी भयो । समाचार लेख्दा कस्ता कुरा राख्ने भने कुराको पनि थाहा भयो ।
समाचार सङ्कलन गर्दा के,कहाँ ,किन ,कहिले ,को, कसरी भन्ने कुरालाई समेटेर उल्टो पिरामिडको प्रयोग गरेर समाचार लेख्नु पर्ने रहेछ भन्ने कुराको जानकारी भयो । समाचार लेख्दा के कस्ता कुरालाई समेटिदो रहेछ भन्ने कुराको जानकारी प्राप्त भयो ।
प्रशिक्षणको क्रममा हामी सँग गल्याङ् प्रहरी चौकीका कार्यालय प्रमुख यामनाथ बगाले सर जोडिनु भएको थियो । उहाँले हामीलाई कानुनका बारे बताउनु भयो ।
तालिम लिइसकेपछी मलाई पत्रकार भनेको के हो । पत्रकारमा हुनुपर्ने गुण र पत्रकार भए पछी के कुरामा ज्ञान हुनुपर्छ भने थाहा भयो । पत्रकार भएपछि साहसी मिहिनेती र जस्तोसुकै चुनौतीलाई पनि सामना गर्नुपर्दो रहेछ ।
यस दुई दिने आधारभुत पत्रकारिता तालिम लिएसके पछी मेरो मानसिकतामा केही परिवर्तन भएको छ । अब समाज बनाउन केही योगदान गर्छु भन्ने अठोट बोकेको छु ।
संगम भण्डारी
गल्याङ नगरपालिका २ बटुवा
स्याङ्जा