‘घरबास त्याग गर्न तयार छौं,छर्ती घाट छोड्दैनौ’ : संघर्ष समिति

२०८० माघ २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यमकला अधिकारी

स्याङ्जा,२३ माघ ।
पवित्र धार्मिक स्थल कालीगण्डकी नदि किनारलाई फोहोर संकलनको केन्द्र बनाउन नहुने माग राख्दै गल्याङ नगरपालिका ७ पेलाकोटका बासिन्दा बिरोध उत्रिएका छन् ।

सनिवार स्थानीयलेहरु भेला भैइ छर्ती घाट बचाउ अभियानको समिती समेत निर्माण गरेका छन् । गल्याङ नगरपालिकामा रहेको कालीगण्डकीको नदि किनारको छर्ती घाटमा स्याङ्जाको तेस्रो बजार भनेर चिनिने गल्याङ नगरपालिकाको ३ मा रहेको गल्याङ बजारको फोहोर ब्यबस्थापनको लागि फोहोर संकलन केन्द्र बनाउन थालेदेखि स्थानीयले बिरोध गर्दै आएका थिए । उक्त ठाउँमा यस क्षेत्रका मानिसको मृत्यु हुँदा अन्तिम दाहसस्कार गरिने भन्दै फोहोर संकलन केन्द्र बनाउन नहुने माग राख्दै उच्च अदालत पोखरामा समेत रिट निवेदन परेको थियो । अदालतले बनाउन लागेको संरचना रोक्का नगर्नु भन्ने आदेश दिएपछि अदालतबाट न्यायको आशा मारेका स्थानीयले संघर्ष समितीनै बनाएर बिरोधमा उत्रिएका हुन् ।

सनिवार भेला भएका स्थानीयले घर बास त्याग्न तयार रहेको र धार्मिक आस्थाको केन्द्र त्याग्न नहुनेमा जोड दिएका छन् । उनीहरुले उक्त क्षेत्रमा नगरपालिकाले थालेको फोहोर संकलन केन्द्रको संरचना निर्माण गरेपछि त्यसलाई रोक्नको लागी संघर्ष समितिनै बनाएर अगाडि बढेकाे जनाएका छन् । गल्याङ नगरपालिका ७ का पुर्व वडा अध्यक्ष राम वीर गुरुङ संरक्षक सल्लाहकार रहने गरि बनेको समितिको सल्लाहकारमा बेनु बहादुर भट्टराई हुनुहुन्छ ।

छर्ती घाट बचाउ अभियान भन्ने उदेश्य सहित गठन भएको समितिको अध्यक्षमा राधाकृष्ण भण्डारी,उपाध्यक्षमा गोपि कृष्ण पाण्डे,सचीवमा गोपाल अधिकारी,कोषाध्यक्षमा रमकला भण्डारी र सदस्यहरुमा चिन्तामणी पाठक,गणेश प्रसाद दुबे,दुर्गा प्रसाद अर्याल,कृष्ण प्रसाद अधिकारी,नेत्र प्रसाद भुसाल,चण्डी प्रसाद भण्डारी,झक बहादुर रखाली,रमेश राना,धनपती अधिकारी,लोक प्रसाद अधिकारी,युवराज सापकोटा,खेमानन्द भण्डारी र कामना सुनुवार रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार