३५ किलो चरेशसहित दुईजना भारतीय पक्राउ

२०८० फाल्गुन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बारा, ३ माघ । लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अभिव्युक्तहरुको साथबाट लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो । अभियुक्तहरूलाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय