पुतलीबजारद्वारा व्यावसायिक च्याउ खेतीमा जोड, तिन दिने प्रयोगमुलक तालिम सम्पन्न

२०८० फाल्गुन ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल

स्याङ्जा,५ फागुन । पुतलीबजार नगरपालिकाको आ. ब २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत च्याउ उत्पादन ,प्रशोधन र बजारीकरण सम्बन्धी व्यावसायिक कृषकहरुलाई ३ दिने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम फागुन १ देखि ३ गतेसम्म सञ्चालन गरिएको छ ।

उक्त तालिममा नगर उपप्रमुख देवीअर्याल, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको उपस्थिति रहेको थियो । गरेको उक्त तालिम पहिलो दिन सैद्धान्तिक तथा दोश्रो तेस्रो दिन प्रयोगात्मक कक्षा सञ्चालन गरिएको हो ।

तालिमका प्रशिक्षकहरुमा कृषि विकास अधिकृत अस्मिता अर्याल, प्राबिधिक सहायक सुबास ढकाल, नायब प्राबिधिक सहायक नवीन के। सी रहनु भएको थियो ।

तालिममा सैद्धान्तिक रुपमा च्याउको परिचय, इतिहास, महत्व, अवसर, चुनौती, प्रशोधन, रोग किराको पहिचान नियन्त्रण, खेती गर्दा आवश्यक पर्ने सामग्रीहरुबारे जानकारी दिइएको थियो भने प्रयोगात्मक रुपमा नेपालमा खेती गरिने ६ प्रजातिका च्याउमध्ये व्यावसायिक खेती भएका कन्ये र सिताके ९मृगे० च्याउको खेती कसरी गर्ने भनी जानकारी दिईएको थियो । साथै कन्ये च्याउका १० वटा बल, सिताके च्याउ १० वटा मुडा समेत बनाइएर प्रयोगात्मक सिप सिकाइएको नगरपालिकाका कृषि शाखाका प्रमुख अस्मिता अर्यालले बताउनुभयो ।

तालिममा सहभागीलाई कन्ये च्याउ ४ किलो र सिताके च्याउ ५ किलो गरि एक जना कृषकलाइ तीन हजार बराबरको बीउ बितरण गरिएको थियो ।

तालिम समापनमा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मी र नगर उपप्रमुख देवी अर्यालले तालिम केवल तालिममा मात्र सीमित नरही व्यावसायिक रुपमा खेती गर्नुपर्ने यसको नियमित अनुगमन गरिने र कृषकलाई प्राविधिक ज्ञानलगायत अन्य जुनसुकै कुराको आवश्यकता हुँदा नगरपालिका सधैं साथमा रहने बताउनु भएको थियो ।

कार्यक्रममा सबै वडालाई प्रतिनिधित्व हुने गरी ३२ जना सहभागी थिए । नगरपालिकाको सभाहलमा नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नायव प्राविधिक सहायक नवीन के. सी.ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय