सृजना ज्ञान सागर माध्यमिक बिद्यालयको ३८ औं वार्षिकत्सव सम्पन्न

२०८० फाल्गुन ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

खेमराज खनाल
काठमाडौ ५ फागुन । काठमाडौँकाे तार्केश्वोर नगरपालिका वडा नं ४ मा रहेको सृजना ज्ञान सागर माध्यमिक बिद्यालयको ३८ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । सनिवार बिधालयको आफ्नै प्राङ्गणमा वार्षिकोत्सब सम्पन्न भएको हो ।

बिधालय ब्यबस्थापन समितीका कार्यवाहक अध्यक्ष लोकनाथ दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति एवम् नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिलामा मन्त्री धनराज गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विद्यार्थीकाे पहिलो पाठशाला घर भएको भन्दै बालबालिकालाई सहि बाटोमा लैजान मुख्य भुमिका अभिभावकको हुने बताउनुभयो । घर परिवारको सस्कार अनुसार विद्यार्थीले बिधालयमा सिकाइमा रुचि राख्ने स्मरण गराउदै मन्त्री गुरुङले अभिभावकहरू आफ्ना बालबच्चा प्रति निकै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री गुरुङ भन्नुभयो “बिधालय र शिक्षक त मार्गनिर्देशक मात्रै हो त्यसलाई कार्यान्वयन गर्ने विद्यार्थी स्वयंले हो ।”

विद्यार्थीका विभिन्न प्रस्तुति रहेको कार्यक्रममा तार्केश्वोर नगरपालिकाका उपमेयर सृजना बुर्लाकोटी अर्याल, काठमाडौँ जिल्ला एन प्याप्सनका अध्यक्ष प्रेम राई, उद्धब फुयाल,राजेन्द्र प्रसाद फुयाल,जनार्दन अर्याल,उदप पौडेल,नरेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । दुई चरणमा चलेको कार्यक्रममा दोस्रो चरणको प्रमुख अतिथि वाग्मती प्रदेश सभा सदस्य अमन मास्के रहनु भएको थियो भने कार्यक्रम संचालन शिव मणि घिमिरेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय