चितवनबाट ५ क्विन्टल गाँजा बरामद, दुईवटा ट्रकलाई नियन्त्रणमा

२०८० फाल्गुन ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन,७ फागुन । झन्डै साढे पाँच क्विन्टल गाँजासहित चितवन प्रहरीले दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको छ । एउटा ट्रकका चालक र अर्को ट्रकका सहचालक पनि पक्राउ परेको प्रहरीको भनाइ छ ।

चितवन जिल्ला प्रहरी कार्यालयले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा गए राति पूर्व-पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका-३ झुरझुरेबाट ५४२ केजी गाँजा बरामद भएको डीएसपी श्रीराम भणडारीले बताए ।

पछिल्लो एक वर्षमा चितवनमा ठूलो परिणाममा गाँजा बरामद भएको यो पाँचौँ हो । यसअघि कम्तीमा १८० केजी गाँजा बरामद भएको थियो भने अहिले बरामद भएको परिमाण सवैभन्दा धेरै भएको डीएसपी भण्डारीले बताए ।

इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक श्याममणि पोखरेलको गस्ती टोलीले राजमार्गमा रोकिएका ट्रकलाई शंका लागेर खानतलासी गर्दा गाँजा बरामद भएको डीएसपी भण्डारीले बताए । प्रहरीले ना ३ ख ७२४० र ना ३ ख ६१२२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी धनकुटाका ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुका २५ वर्षीय खुसीराम थारूलाई प्रहरीले गिरफ्तार गरेको छ । धादिङ मलेखुबाट गाँजा ल्याएर झुरझुरेमा अर्को ट्रकमा राख्ने तयारी गर्दा गाँजा बरामद भएको डीएसपी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय