कृषकलाई उद्धमी बनाउन गल्याङ नगरपालिकाको विभिन्न तालिम संचालनमा

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुष्मा अर्याल

स्याङ्जा,९ फागुन । कृषकलाई उद्धमी बनाउन स्याङ्जाको गल्याङ नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । विभिन्न वडामा कृषि सम्बन्धि कार्यक्रम संचालन गरेको पालिकाले फागुन ४ देखि ७ गतेसम्म वडा नम्बर ९ को बेल्चौरमा पनि ४ दिने बाख्रा पालन सम्बन्धि तालिम संचालन गरेको हो ।

पशु तथा स्रोतको उचित व्यवस्थापन गर्नका लागी हरेक वडामा चार दिने आधारभूत तालिम संचालित गरिएको छ । गल्याङ नगरपालिका वडा नं ९ बेल्चौरमा रहेको इच्छा कालिका मन्दिरको भवनमा आर्थीक सम्वृद्धिका लागि साझेदारी कार्यक्रम गल्याङ कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरर्गत नयाँ गोरेटो संस्थाले आयोजना गरेको चार दिने आधारभूत तालिम गल्याङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा अध्यक्षता देवकी खनालले गर्नु भएको थियो भने प्रमुख अतिथी गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई, र विशिष्ट अतिथि गल्याङ नगरपालिका वडा न ९ का वडा अध्यक्ष नामादेव खनाल,कार्यपालिका सदस्य हीरा पाठक नगर शिक्षा समितिका सदस्य दर्बेन्द्र खनाल, ज्ञानेन्द्र पाठक लगायत अतीथीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख भट्टराईले भन्नूभयो , समाजमा सकारात्मक सोचको विकास गर्न र उद्यमशिलतामा हरेक नागरीकलाई उतप्रेरित गराउनका लागी यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्छ। यस कार्यक्रमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न अवस्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमको प्रभावको विषयमा जोड दीदै वडा अध्यक्ष खनालले भोकलाई “एक छाक भोजन होइन, जीवन जीउने जुक्ति सिकाऔं” भन्ने मुल नाराका साथ अगाडि बढिरहे‌को बताउनुभयो । “भोकलाई एक छाक भोजन होइन जीवन जिउने ज्ञानको आवश्यकता हुन्छ” उहाँको भनाइ थियो । उहाँले नगरबाट यस्तै सुविधापूर्ण ज्ञान प्रदान गर्ने खालका कार्यक्रम सञ्चालन भएको जानकारी समेत दिनुभयो ।

चार दिनसम्म चलेको तालिममा प्रमुख प्रशिक्षक सिर्जना डुम्रेले र यस परीयोजनाको प्राबिधिक संयोजक छवीलाल भट्टराईले गर्नुभएको थियो । यस कार्यक्रममा अनुगमन बसन्त भलामी र शोभाखर न्योैपानेले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई आर्थत वेल्चोैर स्वावलम्बन महिला समूहका ५० जना महिलाहरुको उपस्थिती थियो । गल्याङ कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाको आधारशिला तालिममा सहभागी महिलाहरुले आफुहरुलाई तालिमबाट दैनिक जिवनयापन गर्न, घर व्यवहार तथा आर्थीक आयआर्जनमा परिवर्तन हुने भएकोले नगरप्रमुख र नगरपालिकालाई विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय