गरिखाने शिक्षा, आजको मूल आवश्यकता । मुख्यमन्त्री शर्मा

२०८० फाल्गुन ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कर्णाली, ११ फागुन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गरिखाने शिक्षा आजको मूल आवश्यकता भएको बताउनुभएको छ ।

कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बताउनुभएको हो । “हाम्रा शैक्षिक संरचना योग्य नागरिक उत्पादन गर्ने कारखानाका रुपमा विकास हुनुपर्छ,” उहाँले भन्नुभयो, “टाउकोले टेक्ने खालको हाम्रो शिक्षा नीति खुट्टाले टेक्ने बनाउनुपर्दछ ।”

सरकारले गर्नुपर्ने काम कोपिला भ्याली स्कुलले गरेको बताउनुभएका मुख्यमन्त्री शर्माले श्रम, सीप, प्रविधि र संस्कारसँग जोडिएको शिक्षा पनि यो विद्यालयले दिएको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नयन र सुदृढीकरणका लागि सबै सरोकार भएका निकायको साझा भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँका अनुसार नागरिक खुसी र सुखी बन्ने अवस्था सृजना नहुन्जेलसम्म समृद्धि कोरा भाषणमा मात्र सीमित हुन्छ ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले कर्णालीको शैक्षिक विकास र यहाँका पहुँचविहीन तथा विपन्न समुदाय बालबालिकाका लागि कोपिला भ्याली वरदान सावित भएको बताउनुभयो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्लले विसं २०६७ मा बाँसको टहराबाट सुरु गरेकामा १३ वर्षपछि हरित विद्यालयसम्म निर्माण गर्न सकिएको बताउनुभयो । विद्यालयका सहसंस्थापक म्याग्गी डोयनले कर्णालीमा आएर काम गर्न पाउँदा गर्व गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय