आजकै दिनबाट बि.सं.२००७ फागुन ७ गते जाहाँनीया निरङ्कुशहुकुमीशासन अन्त्यगरी मुलुकमा प्रजातन्त्र स्थापना भएको थियो । यसैले हामी यो दिनलाई “राष्ट्रिय प्रजातन्त्र दिवस” स्थापना भएको दिनको रुपमा हर्षोल्लासपूर्वक मनाउँने गर्छौ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले टुक्रै–टुक्रामा रहेको यो पावन–भूमीलाई एकसूत्रमा जोड्ने कार्य प्रारम्भ भई सम्पन्न भएतापनि उत्तराधिकारीहरु राजोपयुक्त शिक्षाबाट टाढाहुँदा दरबार भित्र मौलाउन पुगेको षड्यन्त्रमा रानी राज्यलक्ष्मीका विश्वासपात्र जनरल गगनसिंहको वि।सं। १९०३ भदौ ३१मा हत्या हुनगयो । यसको फाइदा उठाउँदै अर्का विश्वासपात्र २९ बर्षीय युवा जंगबहादुर कुवँरले आफन्त र भाईहरुको सहयोगमा कोतपर्व र भण्डारखालपर्वको नामबाट कैयौं निर्दोष भारदारहरुको नृशंष हत्याकाण्ड मच्चाइदिए र ३ दिनमै राजा राजेन्द्रविक्रम र रानी राज्यलक्ष्मीको साँकीलो बनेर कमाण्डरइनचिफ हुँदै प्राइमिनिष्टर जस्तो राजनीतिको उपल्लो पद हत्याए । त्यसपछि “राणा”को लालमोहर लिएर शासनसत्ता भाई–छोरामा जाने एग्नेट सिष्टम लागू गरे । यो पद्धतिमा काकाहरु, दाज्युहरु मरेपछि बुढ्यौलीमा मात्र प्रधानमन्त्री हुनपाइनेहुँदा बिकाश निर्माणका जोखिम भन्दा भोगविलासमा लिप्त हुनाले अनेक वैध–अवैध सन्तानहरु हुन्थे । जुद्धशम्सेरका २ दर्जन रानीहरु, अठार छोराहरु र १ दर्जन छोरीहरु थिए । आर्थिक अवस्था नाजुक र परिवार ठूलो भएकाले प्राइमिनिष्टर हुनासाथ छोराहरुमा कर्नेल र जर्नेलका पदहरु बाँडे । यसतो देखेर इष्टइण्डिया कम्पनीका परराष्ट्र सचिव सर ओलाफकारोले यिनलाई बदमास बुढा, कामुक र धेरै सन्तानका पिता राष्ट्रिय सम्पत्तिको प्रयोग आफ्ना सन्तानकालागि गर्ने भनी यिनको खूब आलोचना गरेकाथिए ।
भ्रष्टाचार र भोगबिलास बाहेक शिक्षा, स्वास्थ्य, बिकाशमा ध्यान नपु¥याउने राणाशासनको अन्त्यकालागि शिक्षित नेपाली युवाहरुले क्रमशः महावीर स्कूल, नेपाली नागरिक अधिकार समिति, नेपाल प्रजापरिषद लगायत बिभिन्न संघ–सस्ँथाहरुको स्थापना गरी आन्दोलन थाले । काठमाण्डौ कमलपोखरीका बलदेव हजाम दरबारमा दाहृी खौरन जाँन्थे र राजालाई यी बिषयवस्तु बारे जानकारी गराउँथे । राजा त्रिभूवनले राजदरबारको सेवामा रहेकी जर्मन नर्स यिरीकाल्यूचटेग अनि मिठाई र पाउरोटी बिक्रेता बि।एल। शर्मा मार्पmत भारतीय राजदूतसँग सम्पर्क पनि बढाएका थिए । राजदूतले भारत सरकारको सहमतिमा दूतावासको रक्षाकालागि हजाम, धोबी बगैंचे आदिका भेषमा प्रशस्त भारतीयसेना काठमाण्डौमा झिकाएका थिए ।
सबै परिस्थितिबारे जानकारी पाइसकेपछि २००७ कार्तिक २१ गते उपत्यकामा हुस्सु लागेको दिन बिहानै ८।३० बजे बनभोजकालागि भनेर दरबारबाट १२ जना सहितको ४ वटा कारहरु निस्के, जस्मा राजा त्रिभुवन दुई बडामहारानीहरु, तीनजना छोराहरु, दुइवटी बुहारी, एक जेठा नाती ९बिरेन्द्र वीरविक्रम शाहदेव० दुई छोरी र हजुरिया कर्णेल नारायणसिंह राणा थिए । राजा त्रिभुवनले सबभन्दा अगाडिको कार चलाइरहेकाले भारतीय दूतावास रहेको ठाउँ शीतलनिवास तर्पm बढाउँदा हजुरिया कर्णेल नारायणसिंह राणाले बाटो बिर्सिबक्सेछ भनेर सम्झाउन खोजे तर राजाले घाँटीमा पेस्तौल राखिदिएकाले यिनको बोली हरायो । त्यसपछि चारैवटा कारहरु भारतीय दूतावासमा प्रवेश गरे । भारतीय राजदूत चन्देश्वरप्रसाद नारायण सिंहले भव्य स्वागत गरेका थिए ।
तात्कालीन श्री ३ महाराज मोहनशमसेरले श्री ५ त्रिभुवन सपरिवार भारतीय राजदूतावासमा शरण लिएको थाहा पाएर फर्काउन निकै कोशिश गरे, तर सफल नभएपछि मङ्गलबार २।४५ बजे ४ बर्षका नाबालक अधिराजकुमार ज्ञानेन्द्र वीरबिक्रम शाहलाई हनुमानढोका नासलचोकको राजगद्दीमा राखी हतारमा श्री ५ को श्रीपेच फेला नपर्दा श्री ३ कै श्रीपेच लगाईदिएर राजा घोषित गरे । यसको एकदिन पछि १२।३० बजे श्री ५ त्रिभुवन भारतीय वायुसेनाको विमानद्धारा सपरिवार दिल्ली पुगे । दिल्ली विमानस्थलमा प्रधानमन्त्री जवाहरलाल नेहरु र मन्त्री–मण्डलका अन्य सदस्यहरु सहितले राजपरिवारलाई भब्य स्वागत गरी हैदराबाद भवनमा स–सम्मान राखियो ।
मोहनशमसेरले राज्याभिषेकलाई अन्तराष्ट्रिय मान्यता दिलाउन तात्कालिन नेपालस्थित बेलायतका राजदूत जर्जफाल्कनर ९न्भयचनभ ाबअियलभच०लाई आफ्नो पक्षमा पारे । पाकिस्तान रेडियोले भारतद्धारा श्री ५ त्रिभुवनलाई अपहरण गरियो, भनि समाचार प्रसारित ग¥यो, तर भारत सरकारले श्री ५ त्रिभुवनले राजगद्दी त्याग नगरेकाले अहिले भइरहेको राजनैतिक परिवर्तनलाई मान्यता नदिने घोषणा गरेकाले मोहनशमसेरको अप्ठ्यारो बढ्यो, अन्य मुलुकहरुले पनि मान्यता दिन सकेनन् ।
यता भारतीय समाजवादी नेता जयप्रकाशनारायणको सहयोगमा बर्मा सरकारबाट महावीर शमसेरको “हिमालयन एभिएसन कम्पनी”को “दकोटा विमान”बाट हात–हतियार ल्याई पटनामा देवेन्द्रप्रसाद सिंहको घरमा राखियो । बर्मा बाहेक काश्मीरका शेखअब्दुल्लाको सरकारबाट पनि केही बन्दुकहरु (ीभभ–भ्लाष्भमि चषभिक० र गोली–गट्ठा ल्याइए । त्यसलगत्तै हिमालयन एभिएसन कम्पनीको हवाईजहाजले “हाम्रो आन्दोलन आज देखि नेपाल अधिराज्य भरी शुरु हुन्छ” भनी काठमाण्डौंमा राणा बिरोधी पर्चा छर्नथाल्यो ।
त्यसपछि थीरबममल्ल र तेजबहादुर अमात्य नेतृत्वको २०० मुक्तिसेनाका जवानले सशस्त्र क्रान्तिको थालनी बिरगञ्ज आक्रमणबाट गरे । ५०० जवान मुक्तिसेनाले बिराटनगरमा थोत्रो ट्याक्टरलाई टैञ्च बनाएर बडाहाकिमको निवासमा गोली बर्साउँनथाले । बडाहाकिम उत्तमबिक्रम राणाले २ घण्टामै आत्मसमर्पण गरेकाले वी।पी। कोइरालाद्धारा १५ हजार दर्शकहरुका माझमा कांग्रेसको चारतारे झण्डा फहराउँदै त्यस बिजयको निम्ति मुक्ति–सेनालाई धन्यवाद दिए । आफ्नोलागि परिस्थिति ज्यादै असहज भएको र धमाधम आन्दोलनकारीहरु सफल भइरहेको देखेर राणाहरु वार्तामा जान तयार भएकाले कांग्रेसले आन्दोलन स्थगित गरी १२ फरवरी १९५१ मा दिल्लीमा श्री ५ त्रिभुवन, नेपालीकांग्रेस र राणा सरकारको बीचमा त्रिपक्षीय९(त्चष्उबचतष्तभ सम्झौता भयो ।
त्यसपछि नेपाली कांग्रेसका नेताहरुसँगै श्री ५ त्रिभुवन सपरिवार नेपाल आएर २००७ फागुन ७ मा प्रजातन्त्र घोषणा गरी श्री ५ त्रिभुवनले दश सदस्यीय मन्त्रिमण्डल बनाए । यसले श्री ३ महाराजबाट मोहन शमसेर प्रधानमन्त्रिमा झरे । राजा त्रिभुवनले आन्दोलनको समर्थनमा राजदरबार त्याग गरेको लगभग १०४ दिनमा यस मन्त्रिमण्डलको निर्माणसँगै १०४ बर्र्षीय एकतन्त्रिय जाहाँनीया हुकुमीशासन सँधैको निम्ति अस्तायो ।
प्राप्त प्र्रजातन्त्रले आज ७४ औं बसन्त पारगर्दै २०६२ चैत्र २४ को १९ दिने जनआन्दोलनले २०६३ बैसाख ११ गते लोकतन्त्र स्थापना गरेपनि, नेपाल संघीय गणतान्त्रिक पद्धतिमा परिणत भएपनि शासकीय प्रवृत्तिमा राणातन्त्रकै धङधङी मौलाउन थालेको जनगुनासोले माइतीघर मण्डेला, बानेश्वर, रत्नपार्क अनि सडकहरुमा पुनः प्रजातन्त्र प्राप्तिको घुईंचो बढेकाले राणाहरु घमण्डबाट नै सकिएको बुझ्न जरुरी छ । राजा र जनताको बलिदानीपूर्ण त्याग र आन्दोलनलाई मार्गदर्शनको रुपमा सम्मान गर्दै “प्रजातन्त्र दीवस”लाई आपसी सद्भाव दिवसको रुपमा लिएर दलहरु बीच देखापरिरहेका मनमुटावहरुलाई मेलमिलापको उज्यालोमा डो¥याउन सके, प्रजातन्त्र प्रति त्यो भन्दा ठुलो उपहार अरु के नै हुनसक्थ्यो होला र ?