गुरुहरुकै कारण यो स्थानमा पुगेको छु : राष्ट्रियसभा सदस्य बस्नेत

२०८० फाल्गुन १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल

काठमाडौ,१२ फागुन । गुरुगरुकै कारण आज यो स्थानमा पुगेको राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले बताउनु भएको छ । शुक्रबार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले यस्तो कुरा बताउनु भएको हो ।

नेपाल शिक्षक संघ महालक्ष्मी नगरपालिका,ललितपुर द्वारा आयोजना गरिएको ५ औं स्थानीय प्रतिनिधिसभा सभा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा राष्ट्रियसभा सदस्य बस्नेले शिक्षकहरुकै कारण सामाजिक क्षेत्रमा सेवा गर्ने प्रेरणा मिलेको बताउनुभयो ।

शिक्षक संघ नगरसभापति माधव चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सचिव शोभाखर भुषालले कार्यक्रम सन्चालन गर्नुभयाे । तारा न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाली कांग्रेस ललितपुर जिल्ला समिति सचिव वाशिष्ट अधिकारी,कांग्रेस महालक्ष्मी नगर सभापति दिवाकर सिल्वाल,नेपाली कांग्रेस केन्द्रिय महिला समिति सदस्य रिशा श्रेष्ट,नेपाली कांग्रेस महालक्ष्मी वडानं. ४ का इकाई सभापति प्रकाश पराजुली,नेपाली कांग्रेस ट्रेडयुनियन उपाध्यक्ष्य रामप्रसाद भण्डारी,सांसद नमिता चौधरी,नेपाली कांग्रेस वडानं. ५ का इकाई सभापति सूर्य बस्नेत,नेपाली कांग्रेस वडानं.१ क इकाई सभापति पुष्कर के.सी,रोनिल पौडेल,रुकु सापकोटा,नेपाली कांग्रेस जिल्ला कानुनी सल्लाहकार प्रेमकुमार अधिकारी,नेपाली कांग्रेसका इकाई सचिव प्रल्हाद संग्रौला,सुरेन्द्र के.सी,सुदन श्रेष्ठ, मिना पाठक, श्रृजना थापा,बाबुकृष्ण महर्जन, शर्मिला घिमिरे,रमा रम्तेल, मंगला श्रेष्ठ, ओमकुमारी बस्नेत, रीनाचित्रकार महर्जन, प्रतिभा मिश्र सुवेदी, दुर्गा के.सी. लगातले शुभकामना मन्तव्य प्रदान राख्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय