वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच सम्झौता

२०८० फाल्गुन १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ फागुन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघ बीच आठौं भलिबल प्रतियोगिता बीच सम्झौता भएकाे छ ।

महिला तथा पुरुष भलिबल च्याम्पियनशिप–२०८० प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने सम्बन्धमा  साेमबार सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गर्नुभएको थियो ।

भलिबल प्रतियोगिता २०८० चैत ३ गतेदेखि १० गतेसम्म आयोजना हुनेभएकाे छ ।  बैंकले संघलाई १८ लाख रुपैंया प्रदान गर्नेछ । उक्त प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ९ गरी जम्मा २१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताउनुभयो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले राष्ट्रिय वाणिज्य बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट राष्ट्रिय खेलको रुपमा मानिएको भलिबल खेलको थप बिकास र विस्तारमा सहयोग पुगेको बताउनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, नेपाल भलिबल संघका पूर्व अध्यक्ष मनोरञ्जन शर्मा लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार