स्याङ्जा,१६ फागुन । शिक्षा क्षेत्रमा कसैले पनि राजनीति गर्न नहुने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताउनु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट–८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।
शिक्षा क्षेत्र मात्र नभएर कुनैपनि विकासका क्षेत्रमा राजनितीकरण गर्न नहुने उहाँको धारणा थियो । उहाँले भन्नुभयो बहुदलीय व्यवस्थामा केही दल मिलेर सरकार बनाउछन र केहि दल प्रतिपक्षमा बस्छन् । प्रतिपक्षी हुन साथ बिरोध गरिहाल्नुपर्छ भन्ने मानसिकता बाट सबै राजनैतिक दल माथी उठाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयाे “विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले समेट्नु पर्छ, सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ, यसमा राजनीति गर्नु हुँदैन”। सबै दल मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । एक दलले अर्को दललाई शत्रु ठान्ने प्रवृत्ति बढ्दै जानु गलत भएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो । “पछिल्लो समय नेपाली राजनीतिमा गलत प्रवृत्ति बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।
उहाँले स्याङ्जाको शिक्षा क्षेत्रमा सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्री गुरुङले बहुबर्षे आयोजना संचालन गरी चापाकोटमा अलपत्र रहेको प्राकृतिक स्रोत ब्यावस्थापन कलेजको छिटै संचालन गरिने बताउनुभयो । ग्रामिण क्षेत्रमा कृषि कलेजवाट पढाई गर्नका लागी भवन भएता पनी अहिलेसम्म सन्चालनमा आउन नसकेको अबस्थामा अब नयाँ ढंगवाट कृषि कलेज संचालन गरिने प्रतिबद्धता समेत उहाँको थियो ।
छलफलमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभाका पूर्वसदस्य भागवतप्रकाश मल्ल, वन तथा कृषि क्याम्पस चितवनका डीन डा अर्जुन श्रेष्ठ र चापाकोटका नगर प्रमुख देवबहादुर खाँणले चापाकोटमा कृषि क्याम्पसको आवश्यकता रहेकाे धारणा राख्नुभएकाे थियाे ।