नव एकता आदर्श युवा क्लबकाे भलिबल प्रतियोगिताको उपाधि बलेउ युवा क्लबलाई

२०८० फाल्गुन १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का

स्याङ्जा, १९ फागुन । स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका ५ जर्कोट को नब एकता आदर्श युवा क्लब ले मगर दिवसको अवसर पारेर साविकको वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेकाे छ । कार्यक्रमको समापन शुक्रबार गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लको प्रमुख आतिथ्यमा भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व प्रदेश सांसद मल्लले जिल्लामा राम्रो मैदान नहुँदा खेलमा समस्या भएको हुँदा खेल मैदानको स्तरोन्नतिको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयाे । कार्यक्रममा बोल्दै उहाँले सांसद हुँदा आफूले सक्दो कार्य गरेको र बाकी दिनमा पनि स्थानियसगं जोडिएर समस्या समाधान गर्दै जाने बताउनुभयाे । युवाले रोजगार पाउने गरी कार्य गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारले खेलाडी लाई राम्राे व्यवस्था गर्न नसक्दा सम्रग खेल क्षेत्रमा समस्या भएकाे बताउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि मल्लको पहलमा उक्त क्षेत्रमा बोहरी खोला लिफ्टिङ्ग खानेपानी योजनाको काम चलिरहेको वडा अध्यक्ष छबि आलेले जानकारी दिनुभयो । तत्कालीन सांसद रहेकै अवस्थामा मल्लकै पहलमा बेसार डाँडा चिसापानी मण्डल थान सडकलाई दश लाख र जगतभन्ज्याङ्ग सडक खण्डको लागि ७५ लाख रुपैयाँ रकम विनियोजन भएको हुँदा स्थानीय वासीले धन्यवाद दिन पनि मल्ल प्रमुख अतिथि बनाइएको अध्यक्ष आलेको दाबी थियो ।

प्रतियाेगितामा प्रथम बनेकाे बलेउ युवा क्लब लाइ ५५,५५५ रुपैया पुरस्कार राशि प्रदान गरिएकाे थियाे भने दोस्रो बनेकाे नब एकता आदर्श युवा क्लबलाइ ३३,००० रुपैया राशि प्रदान गरिएकाे थियो । क्लबका अध्यक्ष विजय थापाको अध्यक्षतामा भएको उक्त भलिबल कार्यक्रममा कार्यक्रम सञ्चालन महेश थापाले गर्नुभएको थियो भने वडा अध्यक्ष छवि आले नेपाली कांग्रेस वालिङ्ग नगर सभापती नेत्र पाण्डे वालिङ्ग उद्योग बाणिज्य संघको अध्यक्ष चेतनारायण श्रेष्ठ पुतलीबजार नगरपालिका उद्योग बाणिज्य संघ महासचिव रवीन्द्र केसी नेपाली कांग्रेस जिल्ला सचिव दामोदर लम्साल नेपाली कांग्रेस क्षेत्र नम्बर दुई सचिव दीपक रेग्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय