चक्कु प्रहार हुँदा स्याङ्जामा एक जनाको मृत्यु

२०८१ बैशाख १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १७ वैशाख । स्याङ्जाको वालिङ नगरपालिकामा धारिलो हतियार (चक्कु) प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका ३ घर भएका १९ वर्षीय आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका १३ बायाटारी स्थित मुक्ति सारुको घरमा डेरी गरी बस्ने निम बहादुर घर्तीमगरले चौधरीलाई आइतबार राति चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

चक्कु प्रहारबाट घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

छुरा प्रहार गर्ने दाङको राप्ती गाउँपालिका ३ घर भएका निम बहादुर घर्ती मगरलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय