प्रभु बैंक र काठमाडौं मोडेल अस्पताल बीच सम्झौता

२०८१ जेष्ठ १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं ,१ जेठ । काठमाडौं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच काठमाडौं मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रवीन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक,कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको सामुदायिक क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाडौं मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ ।

स्वास्थ्यप्रति जागरूक नागरिकको लागि काठमाडौं मोडेल अस्पतालमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु छन् । २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा काठमाडौं मोडेल अस्पतालका वित्तीय तथा प्रशासकीय नियन्त्रक चैन कुमार बज्रार्चायको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय