युवराज पौडेल
स्याङ्जा ,२५ फागुन । आँधीखोला गाउँपालिकाको स्थापना दिवसको सन्दर्भमा आँधीखोला गाउँपालिकाको,सेवा प्रवाह एवम् सम्वृद्धि र बिकासमा बिद्यार्थीको भुमिका बिषयक अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता एक कार्यक्रमका बिचमा सम्पन्न भएको छ ।
आँधीखोला गाउँपालिकाको सभाहलमा सञ्चालन भएको वक्तृत्वकलामा प्रथम स्थान प्रद्युम्न पनेरु मावि रङ्गेठाँटीकी सुजना पौडेलले हासिल गरेकी छन् । द्वितीय स्थानमा राष्ट्रिय मावि विचारी चौताराकी अनिता पौडेलले र तृतीय स्थान श्रवण मावि बाङसिङकी शुशीला पौडेलले प्राप्त गरेकी छन् ।
विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै आँधीखोला गाउँपालिका प्रमुख विश्वनाथ पौडेलले पढाइका अतिरिक्त सिर्जनात्मक क्रियाकलापमा संलग्न भई आफ्नो प्रतिभा प्रस्फुटन गर्नका लागि विद्यार्थीहरूलाई अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा आँधीखोला गाउँपालिका उपप्रमुख सीताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, नेपाली काङ्ग्रेस आँधीखोला गाउँपालिकाका सभापति नरेन्द्र पौडेल, शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटा, वडाध्यक्षहरू, प्रधानाध्यापक, शिक्षकलगायतको उपस्थिति रहेको पालिकाका सूचना अधिकृत रोशन लामिछानेले बताउनुभयो ।