काठमाडौं,३० फागुन। पहाडी भू भागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम आंशिक रुपमा बदली भएको हो । जसकारण पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।