नेपाल कृषिमा आधारित विकासोन्मुख राष्ट्र भनिएपनि कृषि सङ्ग सम्बन्धित विषयसँग रहेर उचित किसिमको शिक्षा र सीप प्रयोग गर्न नसक्नु नै विप्रेषणमा आधारित मुलुक रहन पुगेको छ । उद्योग धन्दा सञ्चालन गर्न सीप र सामर्थ्यको कमी भएर हो या बढी मानिस कृषिमा आधारित भएर कृषि प्रधान भएको हो यस विषय नै बिबादास्पद रहेको छ ।
कृषि प्रधान राष्ट्र नामाकरण भए पनि भौगोलिक बनावटको हिसाबमा हिमाल पहाड र तराईको समिश्रणमा रहेको सैद्धान्तिक ज्ञानमा आधारित शिक्षा भएको हुँदा कृषि सङ्ग सम्बन्धित सीप मानवीय लगनशीलतामा कमी विशेष गरेर राजनैतिक विचलन र समथर खेतीयोग्य भूमिमा बसाई बाक्लो रहनु जस्ता कारणले कृषि क्षेत्र प्रभावित छ भने राजनैतिक अस्थिरताले गर्दा हरेक क्षेत्र प्रभावित छ । राष्ट्र अराजक गतिविधिमा धकेलिएको छ । परम्परागत खेती प्रणालीमा बढी चासो राख्ने र आधुनिकीकरण तवरबाट कुन माटोमा कस्तो खालको खेती राम्रो हुन्छ भन्ने परीक्षणमा ध्यान नदिनु उपयुक्त व्यावहारिक शिक्षाको कमीको कारणले निम्त्याएको समस्या हो।
हरेक क्षेत्र कृषि योग्य छैन भौगोलिक बनावटले पनि विविध कठिनाई भोग्ने समस्या आफ्नो ठाउँमा छदैछ साथमा कृषिको लागि राम्रो सिंचाइ मल बीउको समस्याको कारण पनि कृषि क्षेत्र प्रभावित छ। परम्परागत धान मकै कोदो खेती बिना जीवनयापन गर्न सकिँदैन झै गरेर विभिन्न अभाबको साथमा घाटा सहित पनि त्यही खेती गर्न उत्प्रेरित हुने कारणले गर्दा पनि कृषिमा क्रान्ति नाममा मात्र सीमित रहेको छ ।
नेपालको तराई क्षेत्र कृषिको लागि उपयुक्त छ भने सिंचाइमा बढी खर्चेर आवश्यकीय सीप तालिम दिएर प्रोत्साहन गर्न सक्यो भने र हिमाली पहाडी क्षेत्र कृषि नहुने ठाउँमा कृषिको विकल्प मा आवश्यकीय उद्योग धन्दा सञ्चालन गरेर बजार बढाउदा गाउँ घरको बाटोमा समस्या नआई विकासको गतिमा लग्न सहज हुनेथ्यो। त्यस्तै गरेर भौगोलिक बनावटको आधारमा शिक्षालाई व्यवहारिक रूपमा सञ्चालन गर्ने तवरबाट प्रयोगात्मक तरिकाले कार्यान्वय गर्ने तवरमा प्रयास गरियो भने केही हद सम्म सुधारको बाटो तय हुनेथ्यो।
पहाडी र हिमाली क्षेत्रमा जडिबुटीको साथमा चरन भूमि उद्योग धन्दा सञ्चालन गर्न सहज हुने हुँदा पशुपालन मानवलाई आवश्यकीय सामग्री विविध उद्योग धन्दा सञ्चालन गर्दा जडिबुटि पशुपालन सम्बन्धी तालिम सुझाब सल्लाह सचेतना फैलाउन सकेको खण्डमा पनि जीवन यापन गर्न केही सहजता आउन सक्छ । स्थानीय आवश्यकता र सम्भावना हेरेर तालिम दिई प्रयोगात्मक तवरबाट अघि बढ्न प्रेरणा दिएमा गरिबी र बेरोजगारीका कमी ल्याउन सकिन्छ भने आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने भावनामा वृद्धि हुन्छ ।
विभिन्न जडिबुटिको बारेमा राम्रो अध्ययन गराउन सकियो भने जडिबुटिको स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव उपयोगिताको बारेमा जानकारी दिएर सीप र सदुपयोगको जानकारी गराउन सकेको खण्डमा जडिबुटिको महत्व उपयोगिता को बारेमा जानकारी प्राप्त भई स्वस्थ रहन आयुर्वेदिक औषधि को प्रयोग स्वस्थ रहन प्रेरणा मिल्न गै स्वास्थ्य समस्या बाट बच्न सकिन्छ भने व्यापार व्यवसाय को रुपमा काम गर्न पनि सहज हुन्छ ।
पहाडी क्षेत्र आज भोलि बाँदर आतंकले प्रभावित भएको छ यसले गर्दा गाउँको बस्ती पातलो हुँदै जानु र बजारको बस्ती बाक्लो हुँदै गइरहेको छ पहाडी बस्ती कृषिमा प्रभावित भए पनि अन्य विकल्प खोजेर घरेलू उद्योगधन्दा सञ्चालन गरी अघि बढेमा गाउँको बस्ती त्यति समस्यामा पर्ने थिएन ।
मानवीय जीवन यापनको साथमा सहजता सुगमता ल्याउन सैद्धान्तिक शिक्षा मात्र नभएर विषयवस्तु क्षेत्र हेरेर उचित किसिमको नीति निर्माणको साथमा व्यवहारमा सदुपयोग हुने तवरबाट कार्यान्वयन हुने शिक्षाको व्यवस्था गरेको खण्डमा विकासमा सहजता र मानवीय जीवन शैलीमा परिवर्तन आउँछ । यसको लागि राज्य मानव प्रति र मानव राज्य प्रति सहजकर्ताको भुमिका निभाउनु पनि आवश्यक छ ।
विवेकताले भरिपुर्ण भए पनि राजनैतिक गतिविधि र पार्टी प्रतिको अन्धो भक्त बन्ने परिपाटी राजनैतिक विचलन शिक्षित वर्ग अवसर प्राप्त गर्न नसकी विदेशिने प्रविर्तीका कारण विकासको नीतिलाई सुधार र समाधानको आखा बाट नहेरी पार्टी गत आँखाबाट हेर्ने प्रवृतिले विकासको बाटोमा तगारो बनेको छ ।
राजनैतिक नीति त्यागी इमान्दारिताको नीति लिएर समस्या बल्झाउन भन्दा समाधान ल्याउन अग्रसर भयो भने हरेक क्षेत्रमा समाधान खोज्न सकिन्छ । आँट गर्यो भने असम्भव केही छैन भनिन्छ त्यसैले सकारात्मक प्रभाव र सकारात्मक भएर कोशिश गर्नु खोजी गर्नु आवश्यक छ। समाज राष्ट्र प्रति र राष्ट्र समाज प्रति उत्तरदायी रहेको खण्डमा असम्भव केही रहँदैन ।
कृषि प्रधान राष्ट्र भन्दै गर्दा गाउँ घर बाँदर आतंकले गर्दा समस्यामा परेको छ भने बाँदर आतंकबाट बच्ने किसिमको खेती प्रणालीमा राज्यले जोड दिने खेतीपाती उब्जाउ मिहिनेत गरेर अनुसार नहुने ठाउमा उद्योग धन्दा सञ्चालनमा जोड दिने नीति अपनाएर त्यही किसिमबाट पूर्वाधार बनाउन सक्यो भने देशको जल जमिन जवानी जङ्गलको सही सदुपयोग गर्न उत्प्रेरित भई व्यवस्थापन गर्न लाग्यो भने विप्रेषणमा धानिनुपर्ने अवस्था रहँदैन ।
वैदेशिक भूमिमा कति रहरले पनि गएका होलान् तर कति बाध्यताले जीविकोपार्जनको लागि पनि जानु पर्ने आवश्यकता रहेको छ । जीविकोपार्जन कै लागि विदेशिनु पर्ने समस्याबाट राष्ट्रले मुक्तिको बाटो तय गर्न सक्यो भने पनि धेरै सम्भावना देशमा रहन्छ ।
विप्रेषण पनि एक किसिमको आम्दानी हो । जीविकोपार्जन चलेको छ । तर युवा सक्ती सामर्थ्य विवेक पनि गुमेको छ यसले गर्दा देशमा नया उत्पादनमुखी योजना आर्थिक संकलनको बाटो बन्द भएको छ । देश भित्र केही गर्नुपर्छ भन्ने भावनामा ह्रास आएको छ । भएका कलकारखाना बन्द छन् भने नया सञ्चालन गर्नमा राजनैतिक विचलनले समस्या बनाएको छ ।
देश भित्र अवसरको संभावनामा समस्या आम मानिसमा तिक्तता आएको छ । समयमा सरकारले गाउँ गाउँमा विकासको पूर्वाधार लग्न नसक्दा देशको अवस्था नाजुक भएको छ भने अब पनि यस्तै रहन दिने हो भने र कुन ठाउँमा के पुर्याउने बेवास्ता गर्यो भने अराजक रह्यो भनेको भन्दा अरु समस्या केही हुँदैन । त्यसैले समयमा नै पूर्वाधार तय गरेर अराजक गतिविधिको बिरुद्दमा इमानदारिताको नीति तय गरी समाधानको बाटो समातेर समस्यालाई दूर गरी अघि बढोस् । कृषि प्रधान मात्र नभई विविधताले भरिएको विकसित प्रधान राष्ट्र नाम राख्न सक्षम रहौं जनता रहे नै राजनीति गर्ने हो जनता नाइ नभएर देश खाली भए पछि कहा के को लागि राजनीति गर्ने त्यसैले समयमा नै राजनीतिक नेतृत्व ले विकासका पूर्वाधार तयार गरेर युवा वृद्ध सबैलाई जोड्ने गरेर नेतृत्व लिन सक्षम रहोस समय सकेर पश्चाताप नहोस ।
पुजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा
(लेखक हेर्ने कुरा डटकमका स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)