विश्व क्षयरोग दिवस

२०८० चैत्र १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा,१२ चैत । मार्च २४ मा क्षयरोग दिवस मनाउँदै गर्दा क्षयरोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम यसबाट सावधानी र सुरक्षित रहनको लागि सल्लाह सुझाब सहित अन्तराष्ट्रिय स्तरमा मनाउने गरिन्छ ।

स्वास्थ्य कार्यालय स्याङ्जाको सूचना अधिकारी डा विष्णु प्रसाद सुबेदीका अनुसार २०७९/८० को प्रतिवेदन अनुसार नेपालमा क्षयरोगबाट झण्डै सत्तरी हजार व्यक्ति संक्रमित र अठार हजार भन्दा बढी मृत्यु भएको जानकारी गराउनुभयो । राष्ट्रिय क्षयरोग कार्यक्रम मा करिब ३७४४७ को हाराहारी मा दर्ता भएको त्यस मध्य ७२ प्रतिशत फोक्सो र २८ प्रतिशत फोक्सो बाहेक का अङ्ग मा संक्रमित भएको जानकारी गराउनुभयो । त्यस्तै गरी ड्रग रेसिस्टेन्ट अन्तरगत पनि समस्या मा परेको बताउनुभयो।

नियमित खोकी लाग्नु खकारमा रगत देखा पर्नु साझमा ज्वरो आउनु खाना अरुचि हुनु क्षयरोगको लक्षण भएको बताउँदै हड्डी वा जोर्नीमा क्षयरोग भएमा हड्डी जोर्नी दुख्ने सुनिने जानकारी गराउनुभयो।मस्तिष्कमा भएमा टाउको दुख्ने बान्ता हुने र मुटुमा भएमा श्वास फेर्न समस्या हुने हिँड्न साथ थकान महसुस गर्ने र स्वा स्वा हुने जानकारी गराउनुभयो।

विशेष गरेर रोग सङ्ग लड्ने क्षमतामा कमी भएमा क्षयरोग को जीवाणुले आक्रमण गर्ने कुपोषण दीर्घरोगी सुगर एच आई भी संक्रमण भएका व्यक्ति जाँड रक्सी सेवन गर्नेलाई क्षयरोगको जोखिम हुनसक्ने जानकारी दिनुभयो। युवालाई पनि नहुने होइन तर कमजोर वृद्ध बालबच्चा मा बढी देखिने जानकारी गराउनुभयो। यसबाट बच्न सावधानी रहन पोषण युक्त खाना खाने हरियो सागपात फलफूल गेडा गुडी माछामासु पोषिलो तरल खाना खाने र सावधानी रहने सचेतना सम्बन्धी विषयमा ध्यान दिएर अघि बढेमा क्षयरोग लाग्न बाट बाँच्न सकिने जानकारी गराउनुभयो।

सरकारले क्षयरोगको बिरामीको निःशुल्क औषधि नजिकको स्वास्थ्य कार्यालयबाट दिने हुँदा रोग लाग्यो भने रोगको उपचार खर्चको तनावमा नपरी सम्बन्धित ठाउँमा पुगेर औषधि तोकिएको निश्चित समय सम्म नियमित सेवन गर्दा रोग निको हुने जानकारी दिनुभयो। औषधि सेवन गर्दा बीचमा छाड्नु हुँदैन। जसरी लज्जावती को विरुवा छुने बित्तिकै निदाउँछ पछि ब्युँझन्छ त्यसरी नै क्षयरोग पनि केही समय औषधिको सेवनले निको भए जस्तो हुन्छ तर औषधि खाना छोडेमा पछि जीवाणु सक्रिय भई समस्या बनाउँछ त्यसैले नियमित औषधि सेवन गरे निर्मूल पार्न सकिन्छ भन्ने सुझाब दिनुभयो।

स्याङ्जा जिल्लाको एघार पालिका मध्य बढी संक्रमण वालिङ्ग नगरपालिका मा देखिएको छ भने अर्जुन चौपारी विरुवा गाउँपालिका र फेदीखोला गाउँपालिकामा कम देखिएको सूचना अधिकारी सुवेदीले जानकारी गराउनुभयो । यो बढी फैलनमा जनचेतनाको कमी भएको र रोग निदानमा समस्या भएको जानकारी गराउँदै परीक्षण व्यवस्था स्थानिय तहमा पुर्याउन सकेको खण्डमा रोग निदानको लागि सहज हुने भन्दै जनचेतना मुलक प्रचार प्रसारमा अग्रसरता देखाइ सदुपयोग गरी अघि बढ्यो भने समस्या पहिचान भई उपचारमा सहजता हुने जानकारी गराउनुभयो ।

समाजमा क्षयरोग लाग्यो भने अपहेलना गरिने हुँदा चेक गर्न नजाने रोग लागि हालेमा पनि लुकाउने प्रविर्ती देखिएको हुँदा यसको अन्त्य गर्ने सचेतना मुलक कार्यक्रमको आवश्यक रहेको पनि जानकारी दिनुभयो ।

त्यसै गरी रोगको परीक्षणको लागि आवश्यक सामग्री सहज रुपमा व्यवस्था गर्न सके रोग लागे नलागेको सजिलो सङ्ग चेक जाच गर्न सकिने हुदा परीक्षण व्यवस्था ठाउँ ठाउँ मा पुर्याउन सके रोगको बारेमा स्पष्ट तथ्याङ्क निकाल्न सकिने जानकारी समेत गराउनुभयो।

१९८२ मा रबर्ट कोच नामक वैज्ञानिक ले माईको ब्याक्टेरियम ट्युबरकुल नामक किटाणुबाट क्षयरोग लाग्ने तथ्य पत्ता लगाएका थिए । त्यसैले क्षयरोगको जीबाणुलाई कोच व्यासीलस पनि भन्ने गरिन्छ । १९८२ मा क्षयरोग तथा फोक्सो सम्बन्धी रोग बिरुद्दको अन्तराष्ट्रिय संघको १०० औं वर्ष गाठमा रबर्ट कोचको प्रस्तुतिकरण बमोजिम हरेक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवसको रुपमा मनाउने घोषणा भयो। विश्व स्वास्थ्य संगठन द्वारा क्षयरोगलाई सधैंका लागि अन्त्य गर्ने भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाउन सुरुवात गरिएको थियो।

देशको १२५ स्थानिय तहमा क्षयरोगको पहिचान निदान र उपचार सेवामा सहज बनेको छ भने बिस्तारै ७५३ स्थानिय तहमा पुर्याउने लक्ष्य राखेको छ। हामी क्षयरोगको अन्त्य गर्न सक्छौं भन्ने मूल नाराका साथ सुरुवात गरिएको मार्च २४ मा क्षयरोग दिवस क्षयरोगको बारेमा सचेतना कार्यक्रम यसको अन्त्यको लागि चिन्तनको साथमा २०३५ सम्ममा उन्मूलन गर्ने लक्ष्य सहित अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय