बिश्व हिन्दु युवा संघ स्याङ्जाले गर्यो नैतिककाे शिक्षा माग

२०८० चैत्र १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदी
स्याङ्जा,१४ चैत । बिश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्ला भित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । स्थापनाकाल देखि नै संघले धर्म ,संस्कृतिको जगेर्ना साथै सनातन धर्मको संरक्षणको लागि विभिन्न पहल गर्दै आएको छ ।

संघले सबै पालिकालाई नैतिक शिक्षा आगामि शैक्षिक सत्रबाट लागू हुने गरि पाठयक्रममा समाबेश गर्न अनुरोध गरेको छ । ज्ञापनपत्रमा पछिल्लो समय समाजमा विभिन्न खालका नराम्रा कार्यहरु समाजमा बढदै गएको र यसको न्यूनीकरणको लागि नैतिक शिक्षा आबश्यक रहेको कुरा बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले जानकारी दिनुभयाे । स्याङ्जा र गण्डकी प्रदेश भित्रका पालिकाहरुमा नैतिक शिक्षा बिषय आबश्यक रहेको कुरा भन्दै ज्ञापनपत्र पठाइएको समेत जानकारी दिनुभएको छ ।

बिश्व हिन्दु युवा संघ स्याङ्जाले स्याङ्जा मा संस्कृत भाषा कक्षा सन्चालन,संस्कृत पुस्तकालय स्थापना,पृथ्वी जयन्तिको अबसरमा स्याङ्जामा सार्वजनिक बिदा गराउन पहल,नैतिक शिक्षा लागू गराउन पहल र स्याङ्जाका केही पालिकाले आगामी शैक्षिक सत्रबाट नैतिक शिक्षा बिषय लागू गराउने प्रतिबद्धता जनाउनु भएको छ। ३ बर्ष अघि देखि संघले नैतिक शिक्षा बिषय लागू गराउन पहल गरेको पनि अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय